४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

कागतीको रिफ्रेसिङ स्वादमा नयाँ स्प्राइट, विज्ञापनमा अनमोल

banner

काठमाडौं । नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ ।

नयाँ स्वादको स्प्राइट लन्चका सिलसिलामा कोका–कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन पनि लन्च गरेको छ ।

यस विज्ञापनमा स्प्राइटका ब्रान्ड एम्बेसडर अनमोल केसी फिचर्ड छन् । युवा पुस्ताका लागि लक्षित यो विज्ञापनले ‘स्प्राइटसँग रिफ्रेस्मेन्ट’ भन्ने सन्देश दिँदै दर्शकहरुलाई स्प्राइट पिउन उत्प्रेरित गर्छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोलामा हामी उपभोक्ताहरूको माग र रोजाई अनुसारको स्वाद प्रदान गर्न सँधै प्रयासरत छौँ । स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको छ ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कागतीको रिफ्रेसिङ्ग स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हामीलाई विश्वास छ कि नेपाली उपभोक्ताहरूले नयाँ स्वादको नयाँ स्प्राइट लेमन मन पराईदिनुहुनेछ ।’

नयाँ स्प्राइट विभिन्न साइज र बोतलहरूमा उपलब्ध छ । ग्लास बोतलमा स्प्राइट १७५ मिलि तथा २५० मिलि र पेट बोतलहरूमा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साईजमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ad

यो पनि पढौँ

शाओमी नेपालले आफ्नो नोट १० सिरिजको पोर्टफोलियो विस्तार गर्दै–नेपालमा रेडमी नोट १० एस लन्चगर्यो

कोर्पोरट आवाज डट कम

नबिल बैंकका सीईओ ढुङ्गानाले असार १७ गतेदेखि कार्यभार सम्हाल्ने

Corporate Aawaj

अष्ट्रेलिया जानका लागि मेडिकल गर्ने नाममा ठगी, नर्भिकले निकाल्यो यस्तो सूचना

कोर्पोरट आवाज डट कम