२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि.–मिदिम –१ जलविद्युत आयोजना

banner

माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकाहरुमा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लि. ले कर्जा लगानी गर्ने गरी मिति २०७८÷०३÷३० का दिन कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोछ । उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया २ अर्ब ९३ करोड ८२ लाख रहेकोछ ।

माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल माघ ७ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल कार्तिक ३ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेकोछ । माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. लाई रसुवा कन्स्ट्रकशन प्रा.लि. लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सोका अध्यक्ष श्री राजेन्द्र राज आचार्य हनु हुन्छ ।

बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र वाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी (भ्त्रगष्तथ) रहनेछ ।

उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. ले झण्डै ८३.१७ गेगावाटआवर ९न्ध्ज० विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना जुलाई २०, २०२३ मा संचालनमा आउनेछ ।

ad

यो पनि पढौँ

लक्ष्मी बैंकको १३२औं शाखा सिराहाको मिर्चैयामा

कोर्पोरट आवाज डट कम

शाओमी नेपालले आफ्नो नोट १० सिरिजको पोर्टफोलियो विस्तार गर्दै–नेपालमा रेडमी नोट १० एस लन्चगर्यो

कोर्पोरट आवाज डट कम

शाओमीले स्टुडियो–ग्रेड क्यामेरा सुविधाहरु र प्रो पर्फमेन्सलाई मी ११ संगै उच्चतहमा लैजाँदै शाओमीले लेटेस्ट मीफ्ल्यागशिप नेपालमालन्चगर्दै जसले प्रयोगकर्ताको खल्तीमामुभी स्टुडियोलाई राखी सहज बनाउने

कोर्पोरट आवाज डट कम