२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

बामदेव गौतमको साथले माधव नेपाल उत्साही, रातारात जुटाए सांसद

banner

काठमाडौं, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षमा उभिएका छन् । उनीनिकट सांसदहरुले देउवालाई आज विश्वासको मत दिने बुझिएको छ ।

पछिल्लो समय माधव नेपालसँग सहकार्यमा रहेका गौतमले केही सांसद विश्वासको मतको पक्षमा थपिदिएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार गौतमको साथले नेता नेपाल ढुक्क भएका थिए । त्यसपछि उनले भीम रावल र सुरेन्द्र पाण्डेको साथ नभएपनि फरक नपर्ने भनेका थिए ।

गौतमले कति सांसद जुटाए भन्नेबारे बुझ्दा ५ देखि ७ संख्या रहेको बुझिएको छ । ती को को हुन् आज विश्वासको मत दिंदा खुल्ने बुझिएको छ ।

देउवा सरकारमा बामदेव गौतम उपप्रधानमन्त्रीसहित गृह मन्त्री बन्ने सम्भावना बलियो रहेको छ । उनी आफू मन्त्री बन्ने अवस्था नरहे घनश्याम भुसाललाई बनाएर लाने पक्षमा रहेको बुझिएको छ ।

यसैगरी, गौतमकी पत्नी तुलसा थापा भने जापान छिन् । उनले फर्किएपछि माधव नेपाल समूहमा रहने घोषणा गर्ने बुझिएको छ । आजको मतदानमा उनी सहभागी हुने छैनन् ।

ad

यो पनि पढौँ

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण सुरु

कोर्पोरट आवाज डट कम

काठमाडाैंका सडकमा खानेकुरा बेच्न निषेध

कोर्पोरट आवाज डट कम

कक्षा ११ र १२ को परीक्षा स्थगित

कोर्पोरट आवाज डट कम