२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण सुरु

banner

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो पटक ११ जनाको स्वाब लिइएको धुलिखेल अस्पतालले जनाएको छ ।

विदेशबाट फर्किएका र केही शङ्कास्पद व्यक्तिहरुको स्वाब परीक्षण गरिएको धुलिखेल अस्पतालले जनाएको छ । सरकारले ‘टेष्ट किट’ उपलब्ध गराएपछि आजदेखि परीक्षणका लागि स्वाब लिएको अस्पतालका चिकित्सक निराजन भुसालले जानकारी दिए । ‘धुलिखेल अस्पतालमा नै अब रियल टाइम पिसिआर मेशिन उपलब्ध भएको कारण टेकुमा हुने सुविधा अब यही अस्पतालबाट शुरु भएको छ’, चिकित्सक भुसालले भने । उनका अनुसार करीब ९० वटा नमूना एकैपटक परीक्षण गर्न सकिने सो मेशिनबाट चारदेखि पाँच घण्टामा परिणाम थाहा हुनेछ ।

अस्पतालका चिकित्सक राजेन्द्र कोजुले प्राप्त सामग्री पर्याप्त नभएका कारण हप्ताको दुईपटक आइतबार र बुधबार मात्रै हुने बताए । अस्पतालले थोरै सामग्रीका बाबजुद पनि परीक्षण शुरु गरेको डा.राजेन्द्र कोजुले जानकारी दिए । अस्पतालमा परीक्षणका लागि आवश्यक व्यवस्थापनसहित आइसोलेशन वार्ड तयारी गरी बिरामीको उपचार भइरहेको डा.कोजुले बताए । अस्पतालले सीमित साधन र स्रोतका बाबजुद पहिलो दिन ११ जनाको परीक्षणका लागि नमूना सङ्कलन गरिसकेको र अब पछि बुधबार मात्रै परीक्षण गर्ने जानकारी गराएको छ । 

ad

यो पनि पढौँ

कालीगण्डकीमा खसेको एम्बुलेन्स भेटियो, चालकको अवस्था अझै अज्ञात

कोर्पोरट आवाज डट कम

फुटको संघारमा जसपा, ठाकुरले स्पष्टीकरणको जवाफ नदिने

कोर्पोरट आवाज डट कम

आइतबारदेखि समय तालिकाका आधारमा काठमाडौंमा गाडी गुड्ने

कोर्पोरट आवाज डट कम

Leave a Comment