२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

प्रभु क्यापिटलका कर्मचारीहरुको १ दिने तालिम सम्पन्न

banner

काठमाडौं, ३ श्रावण । नेपाली पूँजी बजारमा अग्रणी क्यापिटलको रुपमा पहिचान कायम गरेको प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरुको वृत्ति विकास तथा क्षमता अभिवृद्धिका लागि १ दिने टिम बिल्डिङ्ग तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ । यही श्रावण ०२ गते शनिबार काठमाण्डौमा एक्जिओम नेपालको सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा प्रभु क्यापिटलका ४० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम एक्जिओम नेपालका तर्फबाट प्रशिक्षक इन्द्र बहादुर गुरुङ्ग तथा सञ्जिव काफ्लेले सञ्चालन गरेका थिए । सो तालिम अन्तरगत कर्मचारीहरुलाई समूह निर्माणका साथै समूहको महत्व एवं समूहको भ्यालुका साथै कार्यस्थलमा कार्य सम्पादन गर्दा ग्राहकसँग गर्नुपर्ने व्यवहारका साथै समूहमा कार्यगर्दा लक्ष्य प्राप्ति गर्ने माइण्डसेटका कसरी कार्य गर्ने भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको अन्त्यमा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्षका लागि कम्पनीले लिएको लक्ष्यका साथै कम्पनीको आगामी कार्यदिशाका बारेमा जानकारी दिएको जनाइएको छ ।

ad

यो पनि पढौँ

लक्ष्मी बैंकले ल्यायो यूरो कप लक्षित ‘प्रेडिक्ट एण्ड वीन क्याम्पेन’

कोर्पोरट आवाज डट कम

मध्य भोटेकाशीको आईपीओ अपडेटः एकैदिन ७० लाख रुपैयाँको आवेदन

कोर्पोरट आवाज डट कम

कृषि विकास बैंकद्वारा युवा आधुनिक सामूूहिक फर्मलाई कृषि सामग्री तथा उपकरण हस्तान्तरण

कोर्पोरट आवाज डट कम