२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

पाँच वाणिज्य बैंकले नगद लाभांश दिन नसक्ने, यस्तो छ कारण

banner

संचालनमा रहेकामध्ये ५ वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश दिन नपाउने भएका छन् । बैंकहरुले प्रकाशित गरेको गत चैत मसान्तसम्मको वित्तीय विवरणका आधारमा यस्तो देखिएको हो ।

बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सिभिल, लक्ष्मी, माछापुच्छ्रे, एनआईसी एशिया र प्रभु बैंकले नगद लाभांश वितरण गर्न पाउने छैनन् । तर, असार मसान्तको वित्तीय विवरण आउँदा यी बैंकको अवस्था सुधार भए वा अन्य बैंकको अवस्था विग्रिए नगद लाभांश दिन पाउने बैंकहरुको संख्या र नाम फेरबदल हुन सक्नेछ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार नगद लाभांश वितरण गर्नको लागि बैंकहरुको क्यापिटल एडुकेसी रेसियो (सीएआर) १२ प्रतिशतभन्दा बढी हुनुहुन्छ । सीएआर ११ प्रतिशत नभएका बैंकहरुले भने लाभांश नै बाढ्न पाउँदैनन् । १२ प्रतिशतभन्दा कम र ११ प्रतिशतभन्दा बढी सीएआर भएका बैंकहरुले भने कर प्रयोजनको लागि मात्रै नगद लाभांश र बाँकी बोनस सेयर दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकको यो व्यवस्था अनुसार सिभिल, लक्ष्मी, माछापुच्छ्रे, एनआईसी एशिया र प्रभु बैंकले नगद लाभांश दिन नपाउने भएका हुन् । यद्यपि, बोनस सेयर दिएर त्यसको कर प्रयोजनको लागि भने यी बैंकहरुले पनि नगद लाभांश भने दिन पाउने छन् । राष्ट्र बैंकले ५ प्रतिशतभन्दा कम लाभांश वितरण गर्ने बैंकहरुलाई पनि नगद लाभांश वितरण नगर्न निर्देशन जारी गरिसकेको छ ।

बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सिभिल बैंकको सीएआर ११.४३ प्रतिशत छ । यस्तै, लक्ष्मीको ११.७२ प्रतिशत, माछापुच्छ्रेको ११.७५, एनआईसी एशियाको ११.४४ र प्रभु बैंकको ११.५३ प्रतिशत छ । त्यसैकारण असार मसान्तसम्मको वित्तीय विवरणले सीएआर १२ प्रतिशतभन्दा बढी नदेखाएमा यी बैंकले नगद लाभांश वितरण गर्न नपाउने देखिएको हो ।

सबैभन्दा बढी सीएआर कृषि विकासको, अन्यको कति ?

सरकारको पनि लगानी रहेको कृषि विकास बैंकको सीएआर नियामक निकायले तोकेकोभन्दा निकै बढी देखिन्छ । गत चैत मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार कृषि विकास बैंकको सीएआर २१.१० प्रतिशत छ ।

यस्तै, बैंक अफ काठमाण्डूको १३.८८ प्रतिशत, सेञ्चुरी कमर्शियल बैंकको १२.३३, सिटिजन्स बैंक इन्टरनेसनलको १३.८६, एभरेष्टको १२.८२ र ग्लोबल आईएमईको १३.२२ प्रतिशत छ । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंकको १३.१९ र नेपाल इन्भेष्टमेन्ट बैंकको १४.७८ प्रतिशत छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत चैत मसान्तसम्ममा कुमारी बैंकको १३.९८, मेगा बैंकको १२.२२, नविलको १२.२८, नेपाल बंगलादेश (एनबी) बैंकको १३.७७, नेपाल बैंकको १३.६७ र एनसीसी बैंकको १३.७८ प्रतिशत छ । यस्तै, एनएमबी बैंकको १३.२८, प्राइम कमर्शियल बैंकको १४.०७, सानिमा बैंकको १३.९९, एसबीआई बैंकको १४.१५ र सिद्धार्थ बैंकको १३.३७ प्रतिशत छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको १७.८६, सनराइज बैंकको १३.९१ र राष्ट्रिय वाणिज्य बैंकको १२.८८ प्रतिशत छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले भने सर्वसाधारणलाई आईपीओ जारी नगरेको कारण उसले दिने प्रतिफलप्रति सर्वसाधारणको चासो कम रहन्छ ।

ad

यो पनि पढौँ

परिसूचक र कारोबार दुबै घट्दा दुई म्युचुअल फण्डको मूल्यमा सर्किट

कोर्पोरट आवाज डट कम

सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा

कोर्पोरट आवाज डट कम

सिभिलले २२ करोडमा किनेको एमआरआई मेसिन प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै

कोर्पोरट आवाज डट कम