२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

सर्वोत्तम सिमेन्ट प्रकरणः ढुंगाना र साउदलाई के गर्दैछ अर्थमन्त्रालय ?

banner

काठमाडौं । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयरमा भित्री कारोबार गरेको आरोप लागेका धितोपत्र बोर्ड र नेप्सेका प्रमुखलाई के कस्तो कारबाही गर्ने भन्ने विषयमा अर्थमन्त्रालय अन्योलमा देखिएको छ ।

सर्वाेत्तम सिमेन्टको सेयर आफ्नी छोरीको नाममा आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना र श्रीमतीको नाममा सेयर किनेको आरोप लागेका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई अर्थमन्त्रालयले अघिल्लो साता ३ दिनको म्याद दिएर स्पष्टिकरण सोधेको थियो ।

आरोपी ढुंगाना र साउदले स्पष्टिकरण मन्त्रालयमा पठाइसकेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । दुबै जनाले नेप्सेमा सुचिकरण नभएको कम्पनीको सेयर खरिद गर्दा भित्री कारोबार गरेको ठहर नहुने दाबी गरेका छन् । यस्तै, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले भने विवाह गरेर गएकी छोरीले सेयर खरिद गरेको विषयलाई एकाघर परिवारका सदस्यको सेयर किनेको अर्थ नलाग्ने थप दलिल पनि पेश गरेका छन् ।

ढुंगाना र साउदले पेश गरेको स्पष्टिकरण अध्ययन भइरहेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।

‘दुबै जना (ढुंगाना र साउद) ले पेश गरेको स्पष्टिकरण प्राप्त भएको छ, उहाँहरुको स्पष्टिकरणको अध्ययन भइरहेको छ, अध्ययनपछि मात्रै के हुन्छ भन्न सक्ने अवस्था छ,’ अर्थमन्त्रालयका एक उच्च अधिकारीले विकासन्युजसँग भने ।

ती अधिकारीले ढुंगाना र साउदमाथि कारबाही हुन सक्ने संकेत गरे ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन, सबैले कानुन विधि र प्रक्रिया अनुसार काम गर्ने हो, उहाँहरुले आचरण विपरित वा कानुन उल्लघंन गरेको देखिए कारबाहीको भागिदार हुनै पर्छ,’ ती अधिकारीले थपे ।

तर, अहिलेसम्म अर्थमन्त्रालयले के गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन । यस्तै, पदको दुरुपयोग गरी आफन्तको नाममा सेयर खरिद गरेको देखिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अहिलेसम्म कुनै कारबाही गरेको छैन ।

ad

यो पनि पढौँ

नेपालमा अर्को एकजना कोरोना संक्रमित थपिए

कोर्पोरट आवाज डट कम

लकडाउन उल्लंघन गर्ने एक हजार सवारी साधन कारबाहीमा

कोर्पोरट आवाज डट कम

सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध हुनेछ : शिक्षामन्त्री

कोर्पोरट आवाज डट कम