२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

नेबिको बिस्कुटको आउटलेट अब बालाजु र गौरीघाटमा पनि

banner

काठमाडौं । नेबिको बिस्कुटले बालाजु र गौरीघाटमा पनि आफ्नो आउटलेट विस्तार गरेको छ । सोमबार आफ्नो ५७ औं स्थापना दिवसको अवसरमा नेबिकोले बालाजु र गौरीघाटमा पनि आफ्नो आउटलेट विस्तार गरेको हो ।

सेवालाई अझ विस्तार गर्नका लागि नेबिकोले नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट उद्घाटन बताएको छ ।

नेबिको प्रालिका जेनेरल म्यानेजर केशव भट्टराई र कार्यकारी निर्देशक राजेश रौनियारले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सोही आउटलेटबाट सेवा दिने कम्पनीले जनाएको छ ।

नेबिकोले बिस्कुट‚ प्रिमियम कुकीज‚ चकलेट, मकैको फ्लेक्स चोकोज लगायतको बिक्रीवितरण गर्दै आएको छ । सन् १९६४ देखि निरन्तर रुपमा नेपालका हरेक भुभागमा सेवा दिँदै आएको कम्पनीले नयाँ शाखाहरुको विस्तारले ग्राहकलाई अझ बढी फाइदा हुने बताएको छ ।

ad

यो पनि पढौँ

वेष्ट फाईनान्सद्धारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

कोर्पोरट आवाज डट कम

ग्लोबल आइएमई बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

कोर्पोरट आवाज डट कम

पश्चिम सेती र सेती-६ जलविद्युत निर्माणको जिम्मा भारतीय कम्पनीलाई

कोर्पोरट आवाज डट कम