२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति समाचार

मेडिसिटी अस्पतालद्वारा यती तथा तारा एयरका पाइलट र क्रुलाई हस्पिटल केयर प्रशिक्षण

banner

ललितपुर । नेपाल मेडिसिटी अस्पतालले यति एयरलाइन्स र तारा एयरका पाइलट, क्याबिन–क्रु तथा प्रशासनिक कर्मचारीलाई प्रि–हस्पिटल केयरबारे प्रशिक्षण प्रदान गरेको छ ।

अस्पतालको प्रि–हस्पिटल केयर तथा आकस्मिक उपचार विभाग प्रमुख डा. सञ्जय कार्की तथा इन्फेक्सन कन्ट्रोल नर्स रक्षा अधिकारलिे प्रशिक्षण प्रदान गरेका थिए । यती तथा तारा एयरका १५ जना कर्मचारी सहभागी रहेको जनाइएको छ ।

देशका विभिन्न स्थानबाट बिरामी स्थानान्तरण गर्नेक्रममा के–कस्ता प्रक्रिया तथा सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

हाल देशमा हेलीकोप्टर तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यति एअरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

यस व्यवस्थाले बिरामीलाई रात्रिकालीन उद्दार उडान गर्न समेत सहज हुने भएको हो । मेडिसिटी र ती दुई एयरलाइन्स कम्पनीबीच द्विपक्षिय सम्झौताको कार्यान्वयनसँगै यति तथा ताराका कर्मचारीहरु तथा स्काई क्लबका सदस्यहरुले अस्पतालको सेवामा विशेष सहुलियत समेत प्राप्त गर्नेछन् ।

ad

यो पनि पढौँ

नयाँ स्कोर्पियो लन्च हुँदै

कोर्पोरट आवाज डट कम

फोहोर व्यवस्थापनका लागि बालेनको यस्तो आइडिया

कोर्पोरट आवाज डट कम

मेगा बैंक १२औं वर्षमा: ५ वर्षका लागि रणनीतिक योजना तयार, बाढी–पहिरो पीडितलाई १२ लाख सहयोग

कोर्पोरट आवाज डट कम