२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

नयाँ स्कोर्पियो लन्च हुँदै

banner

महिन्द्रा स्कोर्पियो–एनमा ठुलो क्याबिन स्पेस उपलब्ध हुनेछ । यसको क्याबिनमा दोस्रो पंक्तिको सिट व्यवस्था छ, जसमा क्याप्टेन सिट आर्मरेष्टसहित उपलब्ध छ ।

महिन्द्राले चाँडै आफ्नो सबैभन्दा लोकप्रिय एसयूभी स्कोर्पियो–एन नयाँ अवतारमा लन्च गर्न लागेको छ । नयाँ स्कोर्पियोमा नयाँ फिचर र डिजाइन समावेश गरिएको छ । साथै कम्पनीले यसको अन्य डिजाइन र एक्सटेरियरको बारेमा धेरै विवरण सार्वजनिक गरेको छ । कम्पनीले यसलाई ‘बिग ड्याडी अफ एसयूभी’ भनेको छ ।

महिन्द्रा स्कोर्पियो–एन पूर्ण रूपमा नयाँ डिजाइनको साथमा उपलब्ध हुनेछ । यसको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट, क्रोम गार्निश गरिएको ठाडो स्ल्यान्टेड फ्रन्ट ग्रिलको साथ पूर्ण रूपमा नयाँ फ्रन्ट उपलब्ध हुनेछ । यसको फ्रन्टको बम्परलाई फगल्याम्प हाउजिङको वरिपरि ठूलो एयर इन्टेक र सी–आकारको क्रोम ट्रिमको साथ अपडेट गरिएको छ । साथै स्पोर्टी एलोय ह्विल र रिफ्रेस गरिएको रियर प्रोफाइल पनि समावेश गरिएको छ ।

एसयूभीमा भोल्युम, क्लाइमेट कन्ट्रोल र अन्य फंङसनको लागि फिजिकल बटन उपलब्ध हुनेछ । एसयूभीमा क्रुज कन्ट्रोल र माउन्टेड कन्ट्रोल जस्ता अन्य फिचरको साथ अपडेट गरिएको फ्ल्याट–बटम स्टेयरिङ ह्विल हुनेछ । स्कोर्पियो–एन एसयूभीको इन्टेरियरमा नयाँ अपहोल्स्ट्री, ड्युअल टोन थिम, ३६० डिग्री क्यामेरा, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचर हुने अपेक्षा गरिएको छ ।

महिन्द्रा स्कोर्पियो–एनमा ठुलो क्याबिन स्पेस उपलब्ध हुनेछ । यसको क्याबिनमा दोस्रो पंक्तिको सिट व्यवस्था छ, जसमा क्याप्टेन सिट आर्मरेष्टसहित उपलब्ध छ ।

ad

यो पनि पढौँ

स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

कोर्पोरट आवाज डट कम

फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती आइसोलेसनमै, परिवारको नतिजा नेगेटिभ

कोर्पोरट आवाज डट कम

हृदयघात भएपछि अभिनेता विक्रम अस्पतालमा भर्ना

कोर्पोरट आवाज डट कम