४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

निषेधाज्ञामा पुनः कडाई, साँझ ८ बजेपछि गाडी चलाउन नपाइने

banner

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई थप कडाई बनाइएको छ । मंगलबार बसेको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञालाई कडाई गर्दै साँझ ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

आजको तीन जिल्लाका सीडीओको संयुक्त बैठकले निषेधाज्ञालाई थप कडाई गर्दै उक्त निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । यस्तै उपत्यकामा १५ दिन निषेधाज्ञा थप गरिएको छ । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।

यसअघि घोषित निषेधाज्ञाको अबधि भोलि (साउन २७) गतेबाट सकिँदै छ । दोस्रो लहरको कोरोना संक्रमितको संख्यामा बृद्धि भएकोभन्दै गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागु गरिएको हो ।

ad

यो पनि पढौँ

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको अर्थतन्त्रको चित्र वास्तविक कि अतिरञ्जित ?

कोर्पोरट आवाज डट कम

जेफ बेजोसले पुरा गरे अन्तरिक्ष यात्रा, वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने भनाइ

कोर्पोरट आवाज डट कम

विपुल क्षेत्रीले पाए ग्रामी अवार्डमा मतदान गर्ने अधिकार

Corporate Aawaj