४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सूचना प्रविधि

जेफ बेजोसले पुरा गरे अन्तरिक्ष यात्रा, वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने भनाइ

banner

अमेजनका संस्थापक जेफ्रे प्रेस्टन बेजोस अर्थात जेफ बेजोस हिजो जुलाई २० मङ्गलबार आफ्नो ब्लु ओरिजिनको नयाँ सेपहर्डमा बसेर अन्तरिक्ष यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । उनी दश मिनेटको अन्तरिक्ष यात्रामा गएका थिए ।

पाईलट बिनाको यो पहिलो सब अबिर्टल उडान रहेको थियो । यो उडानमा बेजोसका भाई मार्क, सन् १९६० मा प्रशिक्षण पाएकी पूर्व परिक्षण पाईलट र अहिलेसम्मकै अन्तरिक्ष पुग्ने सबैभन्दा जेष्ठ नागरिक ८२ वर्षीया व्याली फकं, र सबैभन्दा कान्छो अन्तरिक्ष यात्री १८ वर्षीय डच ओलिभर डाईमेन गएका थिए । 

आफ्नो अन्तरिक्ष यात्रा पछि उनले हाम्रो उद्यम, वातावरण नष्ट गर्ने खालको कारखानालाई अन्तरीक्षमा स्थापना गर्नुपर्ने र पृथ्वीलाई सुन्दर ग्रहको रुपमा रहन दिनुपर्ने बताएका छन् । यो यात्राले उनलाई वातावरणको सुरक्षामा अझै जागरुक बनाएको र त्यसमा आफूले सकेजति काम गर्ने बताएका छन् ।

उनीले यात्रामा कार्मान लाइनलाई सम्म पुगेका थिए र स्पेसक्राफ्टका यात्रीहरुले कुल ४ मिनेट तौलमुक्त भएको अनुभव गरेका थिए । कार्मान लाइन (अन्तरिक्षको सिमा) हो जुन ६२ माइलमा रहेको छ । उनीले आउँदो दशकमा ब्लु ओरिजिनको पर्यटन व्यवसायलाई विस्स्तार गर्दै लैजाने योजना रहेको पन खुलाएका छन् ।

उनीले अन्तरीक्षबाट हाम्रो पृथ्वी अत्यन्तै सुन्दर देखिने पनि खुलाएका छन् । उनको यो यात्रा अमेजनका कर्मचारी र अमेजनका ग्राहकको पैसाले मात्रै सम्भव भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

केही दिन अघि मात्रै ब्रिटीश अर्बपति रिचार्ड ब्रान्सन पनि आफ्नो कम्पनी भर्जिन ग्यालाक्टीकको स्पेसशीप टू युनिटीमा बसेर मिशन विशेषज्ञको रुपमा जुलाई ११ मा अन्तरिक्ष गएका थिए ।

ad

यो पनि पढौँ

लाजिम्पाटमा मोटरसाइकलसहित युवकलाई बगायो खोलाले

कोर्पोरट आवाज डट कम

ललितपुरबाट युरोकप फुटवलको बाटसट्टेबाज खेल्ने पाँच जना पक्राउ

कोर्पोरट आवाज डट कम

गृहमन्त्रीमा नियुक्त हुन लागेको हल्ला चलिरहेका बेला ओली नै झस्कने गरी पूर्व प्रधानसेनापती कट्वालले दिए यस्तो प्रतिक्रिया !

कोर्पोरट आवाज डट कम