४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग मनोरन्जन

विपुल क्षेत्रीले पाए ग्रामी अवार्डमा मतदान गर्ने अधिकार

banner

काठमाडौं । साङ्गीतिक क्षेत्रको सबै भन्दा सर्वोच्च अवार्डको रूपमा रहेको ग्रामी अवार्डमा नेपाली भाषी गायक विपुल क्षेत्रीले मतदान गर्ने अधिकार प्राप्त गरेका छन् ।

रेकर्डिङ एकेडेमीले ग्रामी अवार्डको सदस्यताको रूपमा मोनोनीत गरेसँगै विपुलले सो अवसर प्राप्त गरेका हुन् ।

एकेडेमीले विपुल सहित अन्य दुई हजार संगीतकर्मीलाई पनि सदस्य मनोनीत गरेको छ ।

उनीहरूले सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन् । विपुल क्षेत्री युवा पुस्ता माझ चर्चित गायक हुन् ।

उनले सन् २०१४मा ‘स्केच अफ दार्जिलिङ’ नामक गीति एल्बम मार्फत आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका थिए ।

उनका देउराली डाँडा, राम साइली, जुनकिरी, सिन्डिकेट, नौ लाखे तारा, कतै उसलाई, गहिरो गहिरो बोलका गीतहरू बजारमा चर्चित छन् ।

ad

यो पनि पढौँ

महत्त्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिने हो: गृहमन्त्री थापा (अन्तरवार्ता)

कोर्पोरट आवाज डट कम

लकडाउन हटाउन हतार गरे कोरोना भाइरस घातकरुपमा पुनः फैलिनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

कोर्पोरट आवाज डट कम

चितवनमा पीपीई र मास्कमा कालोबजारीको जालो

कोर्पोरट आवाज डट कम