
काठमाडौं । कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ४ प्रतिशत व्याजदर रहेको बैंकको उक्त ऋणपत्र साउन २६ गते नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले हालै १ हजार रुपैयाँ अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन गरेको थियो ।
उक्त ऋणपत्र सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेप्सेबीच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न भएको । उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेप्सेका तर्फबाट चन्द्रसिहं साउदले हस्ताक्षर गरेका हुन् ।
यससँगै, बैंकको ‘कृषि ऋणपत्र’, साउन २७ गतेदेखि दोश्रो बजारमा कारोबार सुरु हुनेछ ।
उक्त अवसरमा कृषि विकास बैंकका विभागीय प्रमुख प्रेमकुमार श्रेष्ठ, कम्पनी सचिव हिमलाल पौडेल, नेप्सेका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल, भेषराज नेपाल, नवराज थापा र एनआईबिएल एस क्यापिटलका डिपुटी सीईओ मेखबहादुर थापाको उपस्थिती थियो ।


