२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सेयर

मैलुङ खोलाको आईपिओ बाँडफाँड, ६ जनाले पाए ११ कित्ता

banner

काठमाडाैं । मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज (असार २६ गते मंगलबार) आईपिओ बाँडफाँड गरेको हो ।

क्यापिटलकाे अनुसार कम्पनीको आईपिओमा कुल २० लाख ६७ हजार ९६७ जनाको आवेदन परेको छ जसमा २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ ।

रद्द भएपछि बाँकि रहेका २० लाख ६५ हजार १२४ जनामा गोलाप्रथाबाट ६८ हजार ४७४ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

यी मध्ये ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएका मध्ये १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदककाे हात खाली भएकाे छ ।

कम्पनीले गत साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सो दिनदेखि अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणमा बिक्री गरिएको थियो ।

ad

यो पनि पढौँ

बैंक अफ काठमाण्डूको ऋणपत्र नेप्सेमा सूचिकृत

कोर्पोरट आवाज डट कम

घटेर बन्द भयो सोमबारको सेयर बजार, कारोबारमा भने उल्लेख्य सुधार

कोर्पोरट आवाज डट कम

३११३ बिन्दुसम्म पुगेर फर्कियो नेप्से, चन्द्रागिरीसहित तीन कम्पनीको मूल्यमा लाग्यो सर्किट

कोर्पोरट आवाज डट कम