
२८ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । बैंकको ‘८.५५ बिओके डिबेन्चर’ नामक ऋणपत्र सूचिकृत भएको हो ।
बैंकले गत मंसिर २४ गतेदेखि मङ्सिर २९ गतेसम्म १० वर्ष अवधिको लागि १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।