४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार

कपिलवस्तुको विजयनगरमा आगलागी हुँदा २५ घर–गोठ जले

banner

कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुक्रबार आगलागी हुँदा २५ घर–गोठ जलेका छन् । विजयनगर गाउँपालिका–१, गुगौलीमा शुक्रबार अपराह्न ४ः३० बजे आगलागी हुँदा २५ घर तथा गोठ जलेर नष्ट भएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर राणाले जानकारी दिए ।

प्रहरी उपरीक्षक राणाका अनुसार, घटनामा कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोडभन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागी स्थानीय काशीनाथ यादवको घरबाट सुरु भएको थियो । आगलागी भएको गुगौली, सदरमुकाम तौलिहवाबाट करिब ४५ किलोमिटर पश्चिममा पर्छ । आगलागी भएको बस्ती न्यून आय भएका व्यक्तिहरूको बसोबास रहेको क्षेत्र हो ।

आगो करिब २ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । तौलिहवाबाट आएको एउटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

दमकल ढिलो आउँदा आगो नियन्त्रणमा समस्या भएको थियो । प्रहरी उपरीक्षक राणा समयमा दमकलको व्यवस्था नहुँदा बढी क्षति भएको स्वीकार्छन् ।

‘कृष्णनगरको दमकल बिग्रिएकाले तौलिहवाको दमकल बोलाउनु परेको थियो । तौलिहवाबाट दमकल आउन केही ढिला भएकाले धेरै घरहरू जले,’ प्रहरी उपरीक्षक राणाले अनलाइनखबरसँग भने ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

ad

यो पनि पढौँ

नेपाल तथा दक्षिण एसियामा कोरोना संक्रमण किन कम फैलियो?

कोर्पोरट आवाज डट कम

वडाध्यक्ष लामाले भारतको सीमामा लगाइदिए काँडेतार

कोर्पोरट आवाज डट कम

बुद्धका उपदेशले कोरोनाविरुद्ध लड्न मनोबल पैदा गर्ने प्रचण्डको विश्वास

कोर्पोरट आवाज डट कम

Leave a Comment