१७ आश्विन २०८०, बुधबार / October 4, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार

कपिलवस्तुको विजयनगरमा आगलागी हुँदा २५ घर–गोठ जले

banner

कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुक्रबार आगलागी हुँदा २५ घर–गोठ जलेका छन् । विजयनगर गाउँपालिका–१, गुगौलीमा शुक्रबार अपराह्न ४ः३० बजे आगलागी हुँदा २५ घर तथा गोठ जलेर नष्ट भएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर राणाले जानकारी दिए ।

प्रहरी उपरीक्षक राणाका अनुसार, घटनामा कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोडभन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागी स्थानीय काशीनाथ यादवको घरबाट सुरु भएको थियो । आगलागी भएको गुगौली, सदरमुकाम तौलिहवाबाट करिब ४५ किलोमिटर पश्चिममा पर्छ । आगलागी भएको बस्ती न्यून आय भएका व्यक्तिहरूको बसोबास रहेको क्षेत्र हो ।

आगो करिब २ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । तौलिहवाबाट आएको एउटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

दमकल ढिलो आउँदा आगो नियन्त्रणमा समस्या भएको थियो । प्रहरी उपरीक्षक राणा समयमा दमकलको व्यवस्था नहुँदा बढी क्षति भएको स्वीकार्छन् ।

‘कृष्णनगरको दमकल बिग्रिएकाले तौलिहवाको दमकल बोलाउनु परेको थियो । तौलिहवाबाट दमकल आउन केही ढिला भएकाले धेरै घरहरू जले,’ प्रहरी उपरीक्षक राणाले अनलाइनखबरसँग भने ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

ad

यो पनि पढौँ

महिला भलिबल टिमको प्रशिक्षण मंगलबारबाट

कोर्पोरट आवाज डट कम

मासिक ३ लाख पेन्सन बाढ्न थाल्यो सामाजिक सुरक्षा कोष, २ महिना योगदान गरेका परिवारले पनि पाउँदै

कोर्पोरट आवाज डट कम

नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

कोर्पोरट आवाज डट कम

Leave a Comment