४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग फिचर समाचार स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्यो-पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन

banner

२१ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ ।

पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरा पनि देवकोटाले उठाए । कुनै केस शंकास्पद भयो भने त्यहाँ फेरि दोहोर्‍याएर हेर्ने गरिएको उनले बताए ।

प्रवक्ता देवकोटाले पोखराको सन्दर्भमा दिएको प्रतिक्रिया उनकै शब्दमा यस्तो छ–

यो अलिकति के हुँदोरहेछ भन्दा अहिले हामीले प्रदेशमा (ल्याब) विस्तार गर्‍यौं। प्रदेशमा मेसिनहरु गएको छ, रिजेन्टहरु गएको छ । त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ । केही कुराहरु त्यहाँ प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ ।
मतलव, संख्याचाहिँ यथेष्ठ रुपमा गरेर, पोजेटिभ, नेगेटिभको संख्याहरु आएर अन्त पनि भेरिफाइड भयो भने यो सब सिस्टम ठीक छ भनेर यो एउटा सामान्य गतिविधि हो ।

यसमा फेरि त्यहाँ परीक्षण हुने, त्यसपछि फेरि हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने, यो दोहोरो भयो भन्ने कुरा पनि केहीले उठाउनुभएको छ, त्यसो हुँदैन । यो चाहिँ भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिजेन्टहरु मिल्ने कुरालाई हेर्दाखेरि केही नमूनाहरु हामीले रि (पुनपरीक्षण) गर्नुपर्ने हुन्छ ।

त्यो भनेको हाम्रो निर्णयहरु, हाम्रो परीक्षणको नतिजाचाहिँ कंक्रिट होस् भन्नलाई हो, यो सधैंभरि गर्नुपर्दैन । केही समयका लागि हुन्छ ।

यसले गर्दाखेरि कुनै केस शंकास्पद भयो भने त्यहाँ (प्रदेशमा) पनि रिपिट हुन्छ, यहाँ पनि रिपिट हुन्छ, थप नमूना लिइन्छ ।
यो प्रोसेस भइसकेपछि मात्र हामीले रिजल्ट प्रकाशित गर्छौं । त्यो हिसाबले त्यहाँ पोखरामा आजसम्म पोजेटिभ नआएको स्थिति छ ।

प्रदेश भन्छ पोजेटिभ, केन्द्र भन्छ नेगेटिभ

गण्डकी प्रदेशमा कोराना भाइरसको प्रगोगशाला स्थापना भएपछि प्रदेशस्तरीय कोरोना रोकथाम समितिका संयोजक मन्त्री किरण गुरुङले एकजनामा पोजेटिभ रिपोर्ट देखिएको अनलाइनखबरलाई बताएका थिए ।

पछि उनैले फेसबुकमा स्टाटस लेखेर आफ्नै प्रतिक्रियाको खण्डन गरे ।

त्यतिमात्र होइन, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयको आधिकारिक बेवसाइटमै कुल संक्रमितको संख्या ७ भनेर अपडेट गरिएको थियो । र, त्यही आधारमा मिडियाहरुले पोजेटिभ रिपोर्ट आएको समाचार दिए ।

तर, स्वास्थ्य मन्त्रालयले बेलुका ४ बजे गरेको पत्रकार सम्मेलनमा आजका मितिसम्म पोजेटिभ रिपोर्ट नभेटिएको भन्दै मेसिनहरुको भ्यालिडेसनको कुरोसमेत उठायो ।

ad

यो पनि पढौँ

वडाध्यक्षको निर्देशनपछि अनामनगरको भाटभटेनी बन्द

कोर्पोरट आवाज डट कम

रातदिन खटिने प्रहरीको तलब काट्दै

कोर्पोरट आवाज डट कम

भक्तपुरका कोरोना संक्रमित व्यक्ति काठमाडौं महानगरको सफाई कर्मचारी

कोर्पोरट आवाज डट कम

Leave a Comment