१७ आश्विन २०८०, बुधबार / October 4, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

१९ जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ३८ अर्ब नाघ्याे, कुन कम्पनीको कति पुग्यो ?

banner

काठमाडौं । जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी १६.४६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको साउन मसान्तसम्मको तथ्यांक अनुसार १९ वटा जीवन कम्पनीहरुको कुल चुक्ता पुँजी १६.४६ प्रतिशतले बढेर ३८ अर्ब २१ करोड रुपैयाँ पुगेको हो ।

बीमा समितिका अनुसार गत वर्ष १९ वटा जीवन कम्पनीहरुको कुल चुक्ता पुँजी ३२ अर्ब ८१ करोड रुपैयाँ थियो । यो एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब ४ करोड रुपैयाँले बढेको हो ।

जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्ता पुँजी नेपाल लाइफको छ । नेपाल लाइफ कम्पनीको चुक्ता पुँजी ७ अर्ब २ करोड रुपैयाँ छ । यस्तै, नेशनल लाइफको ३ अर्ब ३९ करोड, प्राइम लाइफको २ अर्ब ४२ करोड, सुर्य लाइफको २ अर्ब २६ करोड रुपैयाँ छ ।

ad

यो पनि पढौँ

जी सेभेनका देशले १ अर्ब डोज खोप दान गर्ने

कोर्पोरट आवाज डट कम

कालीगण्डकीमा खसेको एम्बुलेन्स भेटियो, चालकको अवस्था अझै अज्ञात

कोर्पोरट आवाज डट कम

भक्तपुरमा यो वर्ष सुनको लिंगो उभ्याइँदै

कोर्पोरट आवाज डट कम