५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन समाचार

खुल्ने भए सिनेमा हल, संकटमा परेको इन्डस्ट्री ‘रिभाइव’ हुने आशा

banner

काठमाडौं । काठमाडौं उपत्यकाका सिनेमा खुल्ने भएका छन् । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै सिनेमा हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै सिनेमा हल खुलाउन अनुमति दिएको हाे । बैठकले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको बताइएको छ ।

सीडीओको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । बैठकले सिनेमा हल खुलाउन निर्णय गरेसँगै दुई वर्षदेखि बन्द अवस्थामा रहेका सिनेमा हलहरु रिभाइव हुने आशा पलाएको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाली सिनेमा उद्योग संकटमा परेको छ । कोरोना भाइरसको संक्रमण सुरु भएदेखि बन्द अवस्थामा रहेका सिनेमा हलहरु हालसम्म पनि खुल्न नसक्दा अर्बौं रुपैयाँको नोक्सानी भएको छ ।

कोरोना भाइसकै कारण अहिले दुई दर्जन बढी सिनेमा हलहरु सदाका लागि बन्द भएका छन् । नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार हालसम्म करिब दुई दर्जन सिनेमा हलहरु सधैंका लागि बन्द भइसकेका छन् भने दुई वर्षदेखि देशभरका सिनेमा हलहरु बन्द अवस्थामा नै छन् ।

ad

यो पनि पढौँ

‘रोनाल्डो अविश्वासनिय खेलाडी’

कोर्पोरट आवाज डट कम

युक्रेनलाई २-० को अग्रता

कोर्पोरट आवाज डट कम

साइबर हमलाको बारेमा बाइडेनले गरे पुटिनसँग छलफल , पुटिनले भने- रुस संलग्न भएको कुनै प्रमाण छैन

कोर्पोरट आवाज डट कम