४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन समाचार

खुल्ने भए सिनेमा हल, संकटमा परेको इन्डस्ट्री ‘रिभाइव’ हुने आशा

banner

काठमाडौं । काठमाडौं उपत्यकाका सिनेमा खुल्ने भएका छन् । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै सिनेमा हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै सिनेमा हल खुलाउन अनुमति दिएको हाे । बैठकले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको बताइएको छ ।

सीडीओको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । बैठकले सिनेमा हल खुलाउन निर्णय गरेसँगै दुई वर्षदेखि बन्द अवस्थामा रहेका सिनेमा हलहरु रिभाइव हुने आशा पलाएको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाली सिनेमा उद्योग संकटमा परेको छ । कोरोना भाइरसको संक्रमण सुरु भएदेखि बन्द अवस्थामा रहेका सिनेमा हलहरु हालसम्म पनि खुल्न नसक्दा अर्बौं रुपैयाँको नोक्सानी भएको छ ।

कोरोना भाइसकै कारण अहिले दुई दर्जन बढी सिनेमा हलहरु सदाका लागि बन्द भएका छन् । नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार हालसम्म करिब दुई दर्जन सिनेमा हलहरु सधैंका लागि बन्द भइसकेका छन् भने दुई वर्षदेखि देशभरका सिनेमा हलहरु बन्द अवस्थामा नै छन् ।

ad

यो पनि पढौँ

थुनिएको मर्स्याङदी नदी खुल्यो, सबैलाई सतर्क रहन प्रशासनको अपील

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने

कोर्पोरट आवाज डट कम

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

कोर्पोरट आवाज डट कम