२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा, अर्को वर्ष आइपिओमा जाने

banner

काठमाडाैं । अर्घखाँची सिमेन्टले उत्पादन गरिरहेकाे अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेडको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणी करण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

आफ्ना उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री वितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ ।

‘हाल सम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणीकरणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,’ कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको छ ।

यस्तै गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै कम्पनीले आइपीओमा जाने तयारी सुरु गरिसकेको छ ।

ad

यो पनि पढौँ

गण्डकीमा ५ सदस्यीय मन्त्रिपरिषद, प्रदेश प्रमुखबाट शपथ ग्रहण

कोर्पोरट आवाज डट कम

भक्तपुरमा यो वर्ष सुनको लिंगो उभ्याइँदै

कोर्पोरट आवाज डट कम

ब्वाइफ्रेन्डसँग बन्जीजम्पमा रमाउँदै पूजा !

कोर्पोरट आवाज डट कम