२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति समाचार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई १०० वटा ह्वीलचियर हस्तान्तरण

banner

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमकाबीच ह्वीलचियर हस्तान्तरण गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्र आदन प्रदान गरी औपचारिक रुपमा ह्वीलचियर हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्वीलचियर प्रदान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताए । उनले विगतदेखि नै कम्पनीले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको स्मरण गरे ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी भएको नाताले हाम्रो समाजप्रति पनि ठूलै दायित्व रहेको बताए । त्यसैले हाललाई १०० वटा ह्वीलचियर शिक्षण अस्पताललाई प्रदान गरिएको र यस्ता सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेले बिरामी अस्पताल आउँदादेखि नै ह्वीलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकता अनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरे । यस्ता मनकारी संघ संस्थाहरुको सहयोगले नै अस्पताल जिवन्त रहने र सेवा प्रवाहमा सहजता आउने उनको भनाइ थियो ।

ad

यो पनि पढौँ

आइएमई फाउन्डेसन द्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण

कोर्पोरट आवाज डट कम

२ लाख ८५ हजार व्यक्तिले दर्ता गरे मोबाइलको आईएमईआई नम्बर

कोर्पोरट आवाज डट कम

दलितलाई घरभाडा प्रकरणमा पक्राउ परेकी घरबेटी रिहा

कोर्पोरट आवाज डट कम