२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सूचना प्रविधि

२ लाख ८५ हजार व्यक्तिले दर्ता गरे मोबाइलको आईएमईआई नम्बर

banner

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता नगरिकन मोबाइल चलाउन नपाइने घोषणा गरेसँगै यसको दर्ता गर्नेको संख्या वृद्धि हुदै गएको छ ।

व्यवसायिकरुपमा बिक्री हुने मोबाइल भन्सारमै दर्ता भएर आउने भए पनि व्यक्तिगत रुपमा आउने र  विदेशबाट उपहार पठाइदिन मोबाइलको आईएमईआई नम्बर दर्ता हुन सकेका थिएनन् ।

प्राधिकरणले त्यसरी व्यक्तिगत रुपमा आएका मोबाइलको आइएमईआई नम्बर दर्ता गर्न भनेपछि प्राधिकरणको वेबसाइटबाट दर्ता बढेको हो । 

प्राधिकरणका अनुसार अहिलेसम्म व्यक्तिगत रुपमा आईएमईआई नम्बर दर्ता गर्नेको संख्या ३ लाख पुग्न लागेको छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म २ लाख ८४ हजार ९०३ व्यक्तिले मोबाइलको आईएमईआई नम्बर दर्ता गरिसकेका छन् ।  

नेपाल दूरसञ्चार प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले अहिलेसम्म व्यक्तिगतरूपमा २ लाख ८४ हजार ९०३ जना व्यक्तिले मोबाइलको आईएमईआई नम्बर दर्ता गरेको बताए । 

गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वनमा आएपनि मोबाइलको आईएमईआई दर्ता भने त्यसअघि नै शुरू भएको थियो । 

प्राधिकरणले अवैध मोबाइल रोक्न गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याएको थियो । अहिले यो सिस्टम पूर्ण रूपमा लागु भएको छैन् ।

यो प्राणाली लागुभएपछि ६ महिनासम्म परीक्षणकाल तोकिएको छ । यसको अर्थ अहिले सञ्चालनमा रहेका मोबाइलहरु यो प्रणाली लागूभएको ६ महिनासम्म आईएमईआई नम्बर दर्ता गर्न समयावधि दिनुपर्ने कानुनी प्रावधान रहेको छ । 

६ महिनापछि भने प्राधिकरणले दर्ता नभएका मोबाइललाई पूर्णरुपमा बन्द गर्न सक्छ ।  

चाबहिलको डेटा सेन्टरमा राख्ने उपकरणहरू अझैसम्म नआएको मिश्रले जानकारी दिए । उपकरणहरु नआएकाले अझै सिस्टम पूर्ण रूपमा कार्यान्वयनमा आउन कति समय लाग्ने हो त्यो भने एकीन छैन् । 

अनलाइनबाटै यसरी गर्नुहोस् दर्ता

अनलाइनबाटै मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ मागिएका आवश्यक विवरण राखेर दर्ता गर्न सकिने छ ।

साथै तपाईले यहाँ क्लिक गरी आफ्नो आईएमईआई नम्बर दर्ता छ की छैन् भनेर थाहा पाउन सक्नुहुनेछ । यदी दर्ता छैन् भने दर्ता गर्नुपर्ने हुन्छ । आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन *#०६# डायल गर्नुहोस् । 

यो डायल गर्दा मोबाइलले एउटा मात्रै सीम सपोर्ट गर्छ भने एउटा मात्रै आईएमईआई नम्बर देखाउँछ भने यदी मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ । आईएमईआई नम्बर २ वटा भए प्राधिकरणमा दुबै नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।  

ad

यो पनि पढौँ

विपद्बाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’

कोर्पोरट आवाज डट कम

अष्ट्रेलियाको सिड्नी जाने भयो नेपाल एयरलाइन्स

कोर्पोरट आवाज डट कम

थप एक जनामा कोरोना संक्रमण पुष्टि

कोर्पोरट आवाज डट कम