२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

उसु खेलाडी नीमा र दीपकले वर्ल्ड गेम्समा प्रतिस्पर्धा गर्ने

banner

नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वर्ल्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन्।

जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन्।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नीमा र दीपक आयोजकबाटै छनोट भएको नेपाल उसु महासंघले जनाएको छ।

उनीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र विश्व वरीयताका आधारमा विश्व उसु महासंघ र वर्ल्ड गेम्स फेडरेसनले छनोट गरेको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए।

‘ वर्ल्ड गेम्समा दक्षिण एसियाका नेपाल र भारत मात्रै छनोट भएका छन्। उसुमा भारतले एउटा कोटा पाउँदा नेपालले भने दुई वटा कोटा पाएको छ’, महासचिव लामाले भने, ‘यो हाम्रा लागि गौरवको विषय हो।’

भारतमा भएको १२ औं सागमा स्वर्ण जितेकी नीमाले १४ औं तथा १५ औं उसु वल्र्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाएकी थिइन्। यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा कांस्य र आईडब्लूयूएफ थाउलो भर्चुअल च्याम्पियनसिप २०२१ मा रजत पदक जितेकी थिइन्।

दीपकले १४ औं तथा १५ औं उसु वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा सहभागी ५६ देशका खेलाडीमध्ये उनी उत्कृष्ट नौमा परेका थिए। यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा दीपकले पनि कांस्य पदक जितेका थिए।

यही नतिजाका आधारमा नीमा र दीपक वल्र्ड गेम्सका लागि छनोट भएको महासचिव लामाले बताए।

नीमा र दीपक दुवै थाउलोका खेलाडी हुन्। वल्र्ड गेम्समा नीमाले नानकुन नानदाउ अलराउान्ड र दीपकले नानकुन नानगुन अलराउन्डमा प्रतिस्पर्धा गर्ने छन्। नीमाको समूहमा पाँच र दीपकको समूहमा सात जना खेलाडी परेका छन्।

ad

यो पनि पढौँ

विवादित स्वास्थ्य राज्यमन्त्री वलीको राजीनामा स्वीकृत

Corporate Aawaj

भक्तपुर नपाले कोरोना संक्रमण नियन्त्रण गर्न गरेका महत्वपूर्ण निर्णयहरू

कोर्पोरट आवाज डट कम

चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

कोर्पोरट आवाज डट कम