४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

नेमकिपा अध्यक्ष विजुक्छेंलाई पत्नी शोक

banner

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ। उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्नमा निधन भएको हो।

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मंसीर २०४० मा विवाह भएको थियो। सुवेग र सुवान गरी उनका दुई छोरा छन्।

लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो। त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उनी उपचाररत थिइन्।

उनको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारकै क्रममा निधन भएको हो। 

ad

यो पनि पढौँ

विद्युत तार भूमिगत पारेसँगै पोल पनि हटाइँदै, अब कहाँबाट दिने इन्टरनेट सेवा ?

Corporate Aawaj

मकै बेच्दै हिँडेकी महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि बालेन्द्रको विरोध

Corporate Aawaj

कर छुट गर्न व्यवसायीको माग

कोर्पोरट आवाज डट कम