४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

मकै बेच्दै हिँडेकी महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि बालेन्द्रको विरोध

banner

काठमाडौं : मकै बेच्दै हिँडेकी महिलाको ठेला काठमाडौं महानगरको नगर प्रहरीले नियन्त्रणमा लिएको छ। महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएको हो।

नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार गर्छिन्। तर, नगर प्रहरीले उनलाई हुत्याइदिएको भिडियोमा देख्न सकिन्छ। नियन्त्रणमा रहेको ठेला एक पुरुषले छुट्याउन खोज्दा नगर प्रहरीले उनलाई पनि हुत्याइदिन्छन्। 

परिश्रम गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अमानवीय व्यवहारलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस चलिरहको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई समेत विरोध गरेका छन्। 

‘आज यी सामन्ती व्यापारीको घरमा चुलो बल्यो कि बलेन होला मेयरसाप?,’ दमोदर उपाध्यायले बालेन्द्रलाई ट्वीटरमा मेन्सन गर्दै प्रश्न गरेका छन्।

रमेश खतिवडाले रोजिरोटीको ग्यारेन्टी गरेरमात्र फुटपाथ बजारको व्यवस्था गर्न आग्रह गरेका छन्। ‘मेयर साप, महानगर व्यवस्थित गर्नुपर्छ तर पहिला गरिबको रोजिरोटीको व्यवस्था गर्नुहोस्। घोषणा पत्रमा भएबमोजिम वैकल्पिक फुटपाथ बजारको व्यवस्था गर्नुहोस्। अनिमात्र महानगरसँग यस्तो गर्ने नैतिकता रहन्छ।’ 

ad

यो पनि पढौँ

हृदयघात भएपछि अभिनेता विक्रम अस्पतालमा भर्ना

कोर्पोरट आवाज डट कम

दोस्रो दिनमा यूनियन लाइफको आइपीओमा ३.२६ गुणा बढीको आवेदन

कोर्पोरट आवाज डट कम

फोहोरबाट रोजगारी सिर्जना गर्न समझदारी , कोरियाले ९८ लाख अमेरिकी डलर दिने

Corporate Aawaj