२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

कर छुट गर्न व्यवसायीको माग

banner

काठमाडौं, ११ असार । भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले अहिलेको सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेको छ।

संयुक्त रुपमा आयोजना गरेको राजश्वसम्बन्धी जुम अन्तरक्रिया कार्यक्रममा आव २०७८/७९ को बजेटमा भएका व्यवस्था र कर छुटका विषयमा छलफल गरिएको थियो ।

उक्त अवसरमा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर विकसँग राजश्वका विविध विषयमा छलफल गर्दै राजश्व छुटको माग गरेको कार्यक्रम आयोजक भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरले बताए ।

कार्यक्रममा कोरोना भाइरसले भएको लकडाउनका कारण व्यापार गर्न नपाउँदा व्यापारी निकै नोक्सानमा परेको भन्दै कर छुटको माग गरेको बताइएको छ । चेम्बरका सल्लाहकार रोशन भोयद्योले व्यवसायीका प्रतिनिधिमूलक संस्थाले व्यवसायीलाई निरन्तर सुसूचित गर्दै सशक्तिकरण गरिरहनुपर्ने बताए । घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा तथा सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतीले महिला उद्यमीलगायत घरेलु उद्योगका लागि सरकारले दिनुपर्ने सुविधा पर्याप्त नभएको बताए।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत राजकुमार पोखरेलले विषयवस्तुमाथि प्रस्तुतीकरण गरेका थिए।

ad

यो पनि पढौँ

पदभार ग्रहणपछि विवादास्पद अभिव्यक्ति दिँदा महतो विवादमा तानिए

कोर्पोरट आवाज डट कम

तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकामसहित बजार जोखिममा

कोर्पोरट आवाज डट कम

राखेप बोर्ड बैठक असार ३० गते

कोर्पोरट आवाज डट कम