
टिभिएस अपाचे आरटिआर १६० ४-भी आरटिएफआईको औपचारिक बिक्री आजबाट सुरू भएको छ।
भक्तपुर सल्लाघारीमा रहेको टिभिएस वितरक आर डि अटो ग्रुपले आजबाट नयाँ मोडलको बाइकको आधिकारिक बिक्री सुरू गरेको हो।
आर डि अटो ग्रुपका संचालक श्री आकाश श्रेष्ठ, दिपेश वेंजु तथा पार्टका ईन्चार्ज निशेष वेंजुको उपस्थितिमा शोरुमको औपचारिक उद्घाटनसँगै टिभिएस अपाचे आरटिआर १६० ४-भी आरटिएफआई बिक्री सुरू गरेका थिए।
यस बाइकमा रेन, अर्बन र स्पोर्ट गरी तीन राइड मोडहरू छन् । यो विशेषताले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउनेछ सञ्चालक श्रेष्ठले बताए ।







यसैगरी, यस बाइकको अर्को सशक्त पक्ष भनेको रेस ट्युन्ड फ्युल इनजेक्सन (आरटिएफआई) टेक्नोलोजी युक्त बिएस-६ कम्प्लायन्ट इन्जिन हो । अटोमोबाइल जगतमा आरटिएफआई टेक्नोलोजिलाई निकै उत्कृष्ट मानिन्छ। यसैगरी बिएस-६ कम्प्लायन्ट इन्जिन सहितको अपाचे आरटिआर नेपाली बाइक प्रेमीले धेरै पहिलादेखि नै प्रतिक्षा गरिरहेको पाइन्छ।
बाइकमा स्मार्ट कनेक्सन सुविधा पनि दिइएको छ। जसको सहायताले बाइकमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोड, साथै कल र एसएमएस अलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको छ।यसले गर्दा बाटोमा यात्रा गर्दा अरू सामान्य बाइक भन्दा अतिरिक्त फाइदा दिन्छ।


