
बन्जीजम्प गर्न गएकी एक युवतीको असावधानीका कारण मृत्यु भएको छ । कोलम्बियामा बन्जीजम्प गर्न गएकी युवतीले डोरी नै नबाँधी हाम्फालेपछि उनको मृत्यु भएको हो ।
प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपीआर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृत्यु डेलीमेलको रिपोर्टअनुसार २५ वर्षकी येसेनिया मोरालेस गोमेजको बन्जीजम्पको क्रममा मृत्यु भएको हो
कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनिया आफ्ना प्रेमीको साथमा बन्जी जम्पको तयारी गर्दै थिइन् । यही क्रममा प्रशिक्षकको एक इशाराबाट भ्रमित भएर उनी तल खसेकी हुन्।
उनी करिब १५० फिट तल खसिन् । उनका प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपीआर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।
युवतीको मृत्यु खसेका कारण भएको भने देखिएन । मेडिकल रिपोर्टमा उनको मृत्यु हृदयाघातका कारण घटनास्थल पुगेका अमागाका उद्धारकर्मीहरुले आफूहरु त्यहाँ पुग्दा युवतीको मृत्यु भइसकेको बताए । यद्यपि भएको थियो ।
हा-म्फालेपछि उनलाई हावामै हृदयाघात भएर मृत्यु भएको अनुमान गरिएको छ ।हा-म्फालेपछि जब उनलाई आफू बन्जी कर्डसँग नजोडिएको महसुस भयो त्यसपछि आत्तिएर उनलाई हृदयाघात भएको हुन सक्छ ।
खासमा बन्जी जम्पको लाइनमा उनका प्रेमी उनीभन्दा अगाडि दिए । उनका प्रेमीलाई बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरे । संकेत उनका प्रेमीको लागि थियो तर युवतीले संकेत आफ्नै लागि हो भन्ने ठानिन् र हा-म्फालिन् । तर त्यति बेलासम्म उनको खुट्टामा बन्जीको डोरी बाँधिएकै थिएन । एजेन्सी