२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

नेपाल ग्यासले उद्योगबाट कोइला, भुस, दाउरा, फर्निस आयल विस्थापित गर्दै, ५०% लागत घट्ने‍

banner

काठमाडौं । नेपाल ग्यास इन्डस्ट्रिजले उद्योगहरुलाई उपयोगी हुने गरी ४५० किलोग्राम उत्पादन थालेको छ । उद्योगहरुको लागत कम गर्ने र उद्योगबाट हुने वातावरणीय प्रदुषण कम गर्ने उदेश्यले नयाँ उत्पादन थालिएको कम्पनीका अध्यक्ष गुणचन्द्र विष्टले बताए । यो ग्यासको प्रयोगसँगै उद्योगलाई काम गर्न पनि सजिलो हुने र सुरक्षित पनि हुने उनकाे भनाई छ ।

‘उद्योगका इनिर्जी खर्चमा २० देखि ५० प्रतिशत कम हुन्छ, सस्तो पनि हुन्छ, सुरक्षित पनि छ, सजिलो पनि छ र वातावरण प्रदुषणमा ९९ प्रतिशत कमी आउँछ,’ विष्टले विकासन्युजसँग भने । उनका अनुसार कोइला, भुस, दाउरा, फर्निस आयल बालेर प्रयोग हुने उर्जालाई नेपाल ग्यासले विस्तावित गर्नेछ ।

विदेशमा उद्योगहरुले नेचुरल ग्यास प्रयाेग गर्छन् । नेपालमा नेचुरल ग्यास छैन । त्यसको विकल्पमा नेपाल ग्यासले एलपी ग्यासलाई ठूलो सिलिण्डरमा बोटलिङ गरेर बिक्री गर्न लागेको हो ।

इट्टा भट्टा बाहेक सबै प्रकारका उद्योगलाई नेपाल ग्यास उपयोगी हुने उनले बताए । हाल १४.२ केजीका ग्यास सिलिण्डर प्रयोग गर्दै आएका ठूला होटलहरुको लागि पनि यो ४५० केजीका सिलिण्डर उपयोगी हुने उनले बताए ।

‘ठूलो ग्यास सिलिण्डर प्रयोग गर्दा चुहावट पनि रोकिन्छ, ग्यास पुरै खपत हुने भएकोले लागत पनि कम हुन्छ,’ उनले भने । १४.२ केजीका सिलिण्डर घरमा पनि प्रयोग हुने र होटलमा पनि प्रयोग हुने हुँदा होटलहरुबाट ग्यासको चुहावट हुने गरेको छ ।

साना सिलिण्डर मान्छेले बोकेर हिड्न सक्छ, ४५० केजीको सिलिण्डर क्रेनले मात्र उचाल्न सक्छ’ उनले भने ।

साथै १४.२ केजीका सिलिण्डर पुरै ग्यास प्रयोग नहुने तर ४५० केजीको ग्यास सिलिण्डरबाट लगभग १०० प्रतिशत ग्यास उपभोक्ताले प्रयोग गर्न सक्ने उनको भनाई छ ।

४५० केजीको ग्यास सिलिण्डर बनाएर यसको उत्पादन र परीक्षणको काम सकिएको उनले बताए । ‘हामीले नेपाल ग्यास र ग्रुप अन्तर्गतका कम्पनीहरुमा प्रयोग गरिसक्यौं, उत्पादन तथा प्रयोग परीक्षण दुबैमा हामी सफल भएका र्छौ,’ विष्टले भने ।

यसको बिक्री वितरण भने साना सिलिण्डरकै शैलीमा हुने उनकाे भनाई छ । ‘ग्यास ट्याङ्कीको लागत बराबर धरौटी राखेर ग्यास बिक्री गर्छाैं, उद्योगसम्म पुर्याउने काम हामीले नै गर्छौ, ४५० केजीको ग्यास मान्छेले बोक्न नसक्ने भएकोले क्रेनले ग्यास सम्बन्धित ठाउँमा राखिदिनेछ,’उनले भने ।

यस्तो ग्यासको वार्षिक खपत अर्बाैं रुपैयाँ बराबर हुने उनले बताए । ‘बजार धेरै ठूलो छ, माग अनुसार हामी उत्पादन क्षमता विस्तार गर्दै जान्छौं,  ठूला सिलिण्डरको उत्पादन र बोट्लिङ दुबै काम नेपाल ग्यास इन्डस्ट्रिजले गर्ने छ, नयाँ उत्पादनको ब्राण्ड नेम पनि नेपाल व्यास नै राखिने,’उनले भने ।

‘हामीले नेपाल ग्यासको तौल, गुणस्तर र सुरक्षाको सबालमा आम उपभोक्ताको विश्वास जितेको छौं, हाम्रो नयाँ प्रडक्ट पनि ‘नेपाल ग्यास’ ब्राण्डमा नै आउँछ,’ विष्टले भने ।

ad

यो पनि पढौँ

नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

कोर्पोरट आवाज डट कम

भरतपुर कोरोना अस्पतालका कर्मचारीले चोरे चप्पल, मास्क र सेनिटाइजर, १५ दिनपछि छानबिन समिति

कोर्पोरट आवाज डट कम

नेपाली भिक्षुको पहलमा थाई राजपरिवारले पठाए स्वास्थ्य सामग्री

कोर्पोरट आवाज डट कम