४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

अब एटीएम कार्डमा पनि फोटो, सनराइज बैंकले ल्यायो नयाँ सुविधा

banner

काठमाडौं । अब डेबिट अर्थात एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने भएको छ । सनराइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा कस्टुमाइज्ड फोटो कार्डको सुविधा ल्याएको हो ।

जसको शुरुवात असार १९ गतेदेखि भएको छ । बैंकले प्रसिद्ध समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टोमाइज्ड फोटोसहितको कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो । माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले २०१० की सीएनएन हिजोर्ज अवार्ड जित्न सफल भएकी कोइरालालाई सो कार्ड हस्तान्तरण गरेका हुन् ।

यस्तो छ सुविधा

यो सुविधा अन्तर्गत ग्राहकले आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सक्ने छन् । साथै, उक्त प्रबिधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न पनि सकिने बैंकले जानकारी गराएको छ ।

यससँगै यो सुविधा लिन https://icard.sunrisebank.com.np मा गई ग्राहकले सजिलै आफ्नो फोटो कार्डमा राखी रिक्वेष्ट सबमिट गर्न सकिने छ ।

ad

यो पनि पढौँ

नियोलाइट जनरल इन्सुरेन्स अन्तिम चरणमा

कोर्पोरट आवाज डट कम

डाबरले बनायाे नेपालकै पहिलो फोर्टिफाइड जुस, रोग प्रतिरोधात्मक शक्ति बढाउने

कोर्पोरट आवाज डट कम

कोका–कोलालेकोभिड लकडाउन पछि व्यापार पुन सुचारु गर्न लागेका रिटेलर्सहरुलाईे सपोर्ट गर्दै

कोर्पोरट आवाज डट कम