४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सूचना प्रविधि

अत्यावश्यक नभई राहदानीका लागि काठमाडौं नआउन राहदानी विभागको अनुरोध 

banner

काठमाडौं । परिष्कृत प्रणाली सँगै राहदानी विभागले विद्युतीय राहदानीको आवेदन तथा वितरणमा पनि सुधार आएका कारण उपत्यका बाहिरका सेवाग्राहीले काठमाडौं सम्म नआउन अनुरोध गरेको छ । 

विभागले आइतबार एक सूचना जारी गर्दै उपत्यकाको जिल्ला भित्र आवेदन दिएको दुई दिन भित्र र उपत्यका बाहिरका जिल्लामा १० देखि १५ दिन भित्र विद्युतीय राहदानी उपलब्ध गराउने व्यवस्था लागू भइसकेको कारण उपत्यका बाहिरका सेवाग्राहीले काठमाडौंमा नै आउनुपर्ने वाध्यता नरहेको विभागका प्रवक्ता शरदराज आरणले बताएका छन् । 

‘विभागले सेवाग्राहीहरूको सहजताको लागि प्रत्येक दिन २४०० जनाले अनलाइनबाट फाराम भर्न सक्ने र फाराम भरिसकेपछि तुरुन्त एक देखि चार दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आवेदन गरेपछि दुई कार्यदिनमा राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ,’ जारी सूचनामा उल्लेख गरिएको छ । 

साथै उपत्यका बाहिर पनि १० देखि १५ दिन भित्र राहदानी पुग्ने हुँदा अत्यावश्यक बाहेकका सेवाग्राही काठमाडौं आउनु नपर्ने सूचनामा उल्लेख छ । आरणका अनुसार हाल विभागले दैनिक ६५०० राहदानी उत्पादन गरी वितरण गरिरहेको र दैनिक ५००० जनालाई सेवा दिइरहेको छ ।

ad

यो पनि पढौँ

असार सकिनै लाग्दा शेयर बजारमा छायो हरियाली, कारोबारमा एनआईसी एशिया बैंक अब्बल

कोर्पोरट आवाज डट कम

आयोजना भन्छ, ‘पुससम्ममा मेलम्ची आउन सक्छ’

कोर्पोरट आवाज डट कम

नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न

कोर्पोरट आवाज डट कम