२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

स्वास्थ्य बीमाको नवीकरण शुल्क कनेक्ट आइपिएसबाटै भुक्तानी गर्न सकिने, कसरी गर्ने भुक्तानी ?

banner

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट नवीकरण गर्न मिल्ने भएको छ । कनेक्ट आइपीएसको माध्यमबाट अव बीमितहरुले आफ्नै बैंक वित्तीय संस्थाको खाता कनेक्ट गराइ सिधै अनलाइन मार्फत भुक्तानी गर्न सक्नेछन् ।

नेपाल सरकारले लागु गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बीमित नेपाली परिवारले रु १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएको छ । यस अन्तर्गत हाल सम्म ५३ लाख भन्दा बढी लाभग्राहीहरु रहेका छन् ।

उक्त बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको छ । स्वास्थ्य बीमाबोर्डको डिजिटलाईजेसनको यस कदमलाई बीमितहरुलाई धेरै नै सहज बनाउने विश्वास गरिएको छ ।

बीमीतहरुले बीमा नवीकरण भुक्तानीको लागि कनेक्टआइपीएस (www.connectips.com) मा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको Government of Nepal अन्तर्गत Health Insurance Board” छनोट गर्नुपर्ने हुन्छ । त्यसपछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी घरमुलीको बीमा संख्या राखी “Make Payment” मा क्लिक गर्नुपर्ने हुन्छ र आफ्नो परिवारको घरमुलीको नाम सहित जम्मा सदस्य संख्या यकीन गरी भुक्तानीको विवरण रुजु गरे पश्चात आफ्नो Transaction Password/OTP प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै भुक्तानी गर्न सकिन्छ ।

हाल यस connectIPS  प्रणाली मार्फत बीमा समितिको अभिकर्ता र सर्भेयरको इजापत पत्र नवीकरणको भुक्तानी, ३१ भन्दा बढी जीवन तथा निर्जीवन बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम)को संकलनका साथै नेपाल सरकार लगायतका विभिन्न निकायहरुको कारोबारहरु हुदै आएका छन् ।

ad

यो पनि पढौँ

नेपालमै बनेको भेन्टिलेटरको सफल परीक्षण

कोर्पोरट आवाज डट कम

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

कोर्पोरट आवाज डट कम

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

कोर्पोरट आवाज डट कम