५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

स्वास्थ्य बीमाको नवीकरण शुल्क कनेक्ट आइपिएसबाटै भुक्तानी गर्न सकिने, कसरी गर्ने भुक्तानी ?

banner

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट नवीकरण गर्न मिल्ने भएको छ । कनेक्ट आइपीएसको माध्यमबाट अव बीमितहरुले आफ्नै बैंक वित्तीय संस्थाको खाता कनेक्ट गराइ सिधै अनलाइन मार्फत भुक्तानी गर्न सक्नेछन् ।

नेपाल सरकारले लागु गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बीमित नेपाली परिवारले रु १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएको छ । यस अन्तर्गत हाल सम्म ५३ लाख भन्दा बढी लाभग्राहीहरु रहेका छन् ।

उक्त बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको छ । स्वास्थ्य बीमाबोर्डको डिजिटलाईजेसनको यस कदमलाई बीमितहरुलाई धेरै नै सहज बनाउने विश्वास गरिएको छ ।

बीमीतहरुले बीमा नवीकरण भुक्तानीको लागि कनेक्टआइपीएस (www.connectips.com) मा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको Government of Nepal अन्तर्गत Health Insurance Board” छनोट गर्नुपर्ने हुन्छ । त्यसपछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी घरमुलीको बीमा संख्या राखी “Make Payment” मा क्लिक गर्नुपर्ने हुन्छ र आफ्नो परिवारको घरमुलीको नाम सहित जम्मा सदस्य संख्या यकीन गरी भुक्तानीको विवरण रुजु गरे पश्चात आफ्नो Transaction Password/OTP प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै भुक्तानी गर्न सकिन्छ ।

हाल यस connectIPS  प्रणाली मार्फत बीमा समितिको अभिकर्ता र सर्भेयरको इजापत पत्र नवीकरणको भुक्तानी, ३१ भन्दा बढी जीवन तथा निर्जीवन बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम)को संकलनका साथै नेपाल सरकार लगायतका विभिन्न निकायहरुको कारोबारहरु हुदै आएका छन् ।

ad

यो पनि पढौँ

काठमाडाैंका सडकमा खानेकुरा बेच्न निषेध

कोर्पोरट आवाज डट कम

बलिउड संगीतकार वाजिद खानको गए राति निधन

कोर्पोरट आवाज डट कम

हत्याको गर्भमै लुकेको दरवार हत्या काण्डको १९ बर्ष पुरा

कोर्पोरट आवाज डट कम