२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सूचना प्रविधि

बागमतिको घोषणा : बागमति प्रदेश डिजिटल प्रदेश

banner

बागमती प्रदेशले आगामी आर्थिक ०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बागमति प्रदेश डिजिटल प्रदेश भन्ने नारासहित सूचना तथा सञ्चार प्रविधिमा विभिन्न नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

‘बागमति प्रदेश डिजिटल प्रदेश’ भन्ने सोचसहित प्रदेशको योजना अनुगमन, यातायात व्यवस्थापन, सवारी चालक अनुमतिपत्र, उद्योग वाणिज्य व्यवसाय दर्ता लगायतका सेवाहरु विद्युतीय माध्यमबाट प्रभाह गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

बागमति प्रदेशले कोभिड–१९ ले उद्योग तथा पर्यटन क्षेत्रमा पारेको नकारात्मक असरलाई सम्बोधन गर्न ‘जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित’ भन्ने सोचसहित युवाहरुमा उद्यमशीलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिमलागयतका उद्यमी क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाउने कार्यक्रम ल्याएको छ । 

वन पैदावरको विक्री वितरणलाई थप प्रतिस्पर्धी बनाउन ‘विद्युतीय बोलपत्र प्रणाली’ थालनी गरिने कार्यक्रम ल्याएको छ । 

त्यस्तै, ‘प्रदेशले बागमति प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा’ कार्यक्रम अगाडि सारेको छ । यस कार्यक्रमअन्र्तगत सामुदायिक माध्यमिक विद्यालय एवम् शिक्षलयहरुमा प्राविधिक शिक्षा सुर गर्ने जनाएको छ । 

सामुदायीक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि हालसम्म १३३ वटा सामुदायीक विद्यालयका सूचना प्रविधि प्रयोगशाला र सयवटा सामुदायिक विद्यालयमा विज्ञान तथा विषयगत प्रयोगशालाहरु स्थापना भएका छन् । 

थप विद्यालयहरुमा प्रयोगशाला स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ ।
त्यस्तै, नीति तथा कार्यक्रममा प्रदेश विज्ञान प्रविधि ऐन, नियम तर्जुमा गरिने उल्लेख छ । प्रदेश विज्ञान प्रविधि कोष स्थापना गरी हाल सञ्चालनमा रहेको युवा वैज्ञानि प्रोत्साहन कोषलाई यसमा समाहित गरिने उल्लेख छ । 

‘बागमति प्रदेश डिजिटल प्रदेश’ भन्ने सोचसहित प्रदेशको योजना अनुगमन, यातायात व्यवस्थापन, सवारी चालक अनुमतिपत्र, उद्योग वाणिज्य व्यवसाय दर्ता लगायतका सेवाहरु विद्युतीय माध्यमबाट प्रभाह गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

साथै, प्रदेशस्तरीय विज्ञान सङ्ग्रहालय स्थापना सम्बन्धमा अध्ययन गरिने र विज्ञान प्रविधिको खोज र अनुसन्धनलाई विद्यालय तह देखिनै शिक्षण सिकाइमा आवद्ध गर्ने उल्लेख छ । 

नयाँ ज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र नवप्रवर्तनमा युवा वैज्ञानिकहरुलाई प्रोत्साहन गरिने कार्यक्रम रहेको छ । 
सम्भाव्य स्थानमा मेट्रोरेल तथा ट्रामको पूर्वसम्भाव्यता अध्ययन सुरु गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

विसं २०८५ सालसम्ममा बागमति प्रदेशमा खनिज इन्धनबाट चल्ने सवारी साधनहरुलाई विस्थापित गर्ने नीतिअनुरुप प्रदेश सरकारको आफ्नै लगानीमा प्रमुख सहरहरमा विद्युतीय बस सञ्चालन, चार्जिङ स्टेसन लगायतका पूर्वाधार बनाउने उल्लेख गरेको छ । 

काठमाडौं मुग्लिङ र भरतपुर हेटौंडा खण्डको उपयुक्त स्थानमा ‘विद्युतीय चार्जिङ स्टेसनसहितको एकीकृत स्मार्ट रिफ्रेसन एन्ड ट्रान्सफर सेन्टर’ निजी क्षेत्रसँगको सहकार्यमा निर्माण गरि सञ्चालनमा ल्याउनले उल्लेख छ । साथै, ठूला सार्वजनिक विद्युतीय सवारी साधन सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति लिएको छ । 

सवारी साधन र चालक अनुमतिपत्रसम्बन्धी पुराना अभिलेखहरुको सुरक्षित व्यवस्थापन गर्न यससम्बन्धी विवरणहरुका डिजिटाइजेसन र आर्काइभिङ गर्ने कार्य अगाडि बढाउने उल्लेख छ । 

साथै, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सवारी साधन दर्ता, नवीकरण र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट सञ्चालन गरिने उल्लेख छ । सार्वजनिक सवारी साधनको भाडा अनलाइन वा इपेमेन्ट प्रणालीलाई आगामी आर्थिक वर्षबाट कार्यान्वयमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

ad

यो पनि पढौँ

बैंकहरुको बेस रेट कोभिड अघिको भन्दा माथि

कोर्पोरट आवाज डट कम

कोरोनासँग जुध्न चुक्दै सरकार

कोर्पोरट आवाज डट कम

कोरोनाबाट आज देशैभरी ३२६० संक्रमित, ३२ जनाको मृत्यु

कोर्पोरट आवाज डट कम