४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
विदेश समाचार

भारतले गहुँको पिठो, मैदा र सुजीको निर्यातमा पनि लगायो प्रतिबन्ध

banner

दुई महिनाअघि गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँकाे अरु उत्पादन निर्यातमा समेत प्रतिबन्ध घोषणा गरेको छ । गहुँ निर्यात गर्न निर्यातकर्ताले हाल अन्तरमन्त्रालय समितिको अनुमति लिएर मात्रै ढुवानी पक्रिया अघि बढाउन पाइरहेका छन् ।

विदेश व्यापार महानिर्देशनालयले बुधबार जारी गरेको सूचनाअनुसार आउने मंगलबार (असार २८) देखि आटा, मैदा, सुजी लगायत गहुँका उत्पादनमा प्रतिबन्ध लगाइनेछ । मालबाहक जहाजमा लोड गरिसकेका वा भन्सारमा बुझाइसकिएका उत्पादनलाई भने रोकतोक नहुने बताइएको छ । वैशाख ३० मा भारतले गहुँको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । त्यसयता भारतमा गहुँको पिठोको मूल्य केही कम भए पनि हाल पिठो निर्यातसमेत रोकिएको छ । यसले नेपाल समेत प्रभावित हुनेछ ।

ad

यो पनि पढौँ

नेपालमा बस्ने भारतीयले दूतावासमा रजिष्ट्रेसन गर्नुपर्ने

कोर्पोरट आवाज डट कम

कास्कीमा निषेधाज्ञा साउन ५ सम्म, व्यवसाय बिहान ५ बजेदेखि राति ८ बजेसम्म खोल्न पाइने

कोर्पोरट आवाज डट कम

लकडाउन नलम्बिए वैशाख ७ देखि अदालत पूर्णरुपमा खुल्ने

कोर्पोरट आवाज डट कम