
दुई महिनाअघि गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँकाे अरु उत्पादन निर्यातमा समेत प्रतिबन्ध घोषणा गरेको छ । गहुँ निर्यात गर्न निर्यातकर्ताले हाल अन्तरमन्त्रालय समितिको अनुमति लिएर मात्रै ढुवानी पक्रिया अघि बढाउन पाइरहेका छन् ।
विदेश व्यापार महानिर्देशनालयले बुधबार जारी गरेको सूचनाअनुसार आउने मंगलबार (असार २८) देखि आटा, मैदा, सुजी लगायत गहुँका उत्पादनमा प्रतिबन्ध लगाइनेछ । मालबाहक जहाजमा लोड गरिसकेका वा भन्सारमा बुझाइसकिएका उत्पादनलाई भने रोकतोक नहुने बताइएको छ । वैशाख ३० मा भारतले गहुँको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । त्यसयता भारतमा गहुँको पिठोको मूल्य केही कम भए पनि हाल पिठो निर्यातसमेत रोकिएको छ । यसले नेपाल समेत प्रभावित हुनेछ ।