५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा १० गुणासम्म रकम फिर्ता

banner

एनआईसी एशिया बैंकले पछिल्लो पटक निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको छ । यो नयाँ योजना अझै लोकप्रिय हुने विश्वास बैंकले लिएको छ ।

बैंकले ल्याएको यो नयाँ योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टेस पठाउने ग्राहकलाई लक्षित गरिएको छ । छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार डबल देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताहरूले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जासमेत लिन सक्नेछन् । यो नयाँ योजना अन्य बैंकको तुलनामा निक्षेपकर्तालाई अत्यधिक फाइदा रहेको एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन कुमार न्यौपाने बताए । यसले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षा पूरा गर्ने विश्वास बैंकले लिएको न्यौपानेको भनाई छ ।



बैंकले ल्याएको यो नयाँ योजनाले यसअघि ल्याएको निक्षेप खातामा पाइने फाइदा भन्दा अझ बढी फाइदा रहेको र मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने बैंकले जनाएको छ । यसअघि बैंकले ल्याएको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनीय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी २४ सर्वश्रेष्ठ फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ ।



एनआईसी एशिया बैंकले ल्याएको यो नयाँ मुद्दती सेवा सेवाग्राहीले मुलुकभर छरिएर रहेका ३५९ शाखा कार्यालयबाट लिन सक्ने छन् । हालसम्म ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गर्दै मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकमा गनिन पुगेको छ ।



देशको कुल जनसङ्ख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन सफल भएको बैंकले जनाएको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । 



वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता क्षेत्र जहाँ बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरू तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी एनआईसी एशिया बैंकले सेवा दिँदै आएको छ । देशको कुल जनसङ्ख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ ।

ad

यो पनि पढौँ

एभरेष्ट बैंकद्वारा पाँचलाख रकम सहयोग

कोर्पोरट आवाज डट कम

ग्लोबल आइएमई बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

कोर्पोरट आवाज डट कम

कृषि विकास बैंकद्वारा युवा आधुनिक सामूूहिक फर्मलाई कृषि सामग्री तथा उपकरण हस्तान्तरण

कोर्पोरट आवाज डट कम