२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

महालक्ष्मी लाईफ इन्स्योरेन्सले सुरु गर्याे बाल बचत बीमा योजना

banner

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सुरुवात गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बुधबार एक कार्यक्रमकमा उक्त बीमा योजना विक्रि वितरणको लागि सुरुवात गरेका हुन्  ।

यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगेपछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भैसकेपछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ ।

यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविष्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५ प्रतिशत बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ प्रतिशत बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ ।

ad

यो पनि पढौँ

कैलाली उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढ्दै, दुवै टीम प्यानलसहित मैदानमा

कोर्पोरट आवाज डट कम

गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारीपत्रमा हस्ताक्षर, कल्याणकारी परियोजनाहरुमा सहकार्य गर्ने सहमति

कोर्पोरट आवाज डट कम

एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा फरफराएको छ ।

कोर्पोरट आवाज डट कम