५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

सार्वजनिक गाडीको भाडा बढ्यो

banner

आज सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडा दर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तर प्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडा दर बढेको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडा दर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडा दर परिवर्तन हुने उल्लेख छ ।

ad

यो पनि पढौँ

आयोजना भन्छ, ‘पुससम्ममा मेलम्ची आउन सक्छ’

कोर्पोरट आवाज डट कम

तीन निर्जीवन बीमा कम्पनीः जो भित्रिए अर्ब क्लबमा

कोर्पोरट आवाज डट कम

अर्थमन्त्री शर्मा भन्छन्ः मौद्रिक नीति मैले रोकेको होइन

कोर्पोरट आवाज डट कम