
डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान्’ अमेरिकाको बेडफोर्ड इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनोट भएको छ। हुम्लाको लामा समुदायमा रहेको बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म फेस्टिभलका लागि छनोट भएको हो।
निर्देशक गणेश पाण्डेका अनुसार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट अवार्ड जित्न सफल यो डकुमेन्ट्री फिल्मले यसअघि रसिया, भारत र स्लोभाकियामा पुरस्कार जितिसकेको छ। अमेरिकामा छनाेट भएको यो तेस्रो महोत्सव हो ।
यसअघि तस्बिर साउथ एसियन फिल्म महोत्सवमा छनाेट भएको थियो भने आगामी अगस्टमा जर्जियामा आयोजित कब अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि प्रदर्शन हुन लागेको पाण्डेले जानकारी दिए।