४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार

सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई देशभित्र ल्याऊ : कांग्रेस

banner

 प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति नभएको निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले कोरोनाको संक्रमण रोक्न पार्टीको सम्पूर्ण संयन्त्रलाई क्रियाशील बनाउने र सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले अनलाइनखबरसँग भने, ‘तर सरकार जति गम्भीर हुनुपर्ने हो, भएन । औषधि तथा स्वास्थ्य सामाग्री आपूर्ति प्रक्रियालाई पनि पारदर्शी बनाउन सकेन ।’

कांग्रेसले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्न र नेपाली भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्न माग गरेको छ । सहमहामन्त्री महतले भने, ‘उनीहरुलाई नेपाली भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्न सम्भव छ र यो हाम्रो कर्तव्य पनि हो ।’

कांग्रेसले स्वास्थ्य सामाग्री आपूर्तिमा भएको अनियमितताबारे छानविन गर्न समेत माग गरेको छ ।

ad

यो पनि पढौँ

‘ग्रिन जोन’मा १५ असारभित्र विद्यालय खोल्न माग

कोर्पोरट आवाज डट कम

१३ औं सागमा स्वर्ण पदक जितेकी अनुले छाडिन् एपीएफ

कोर्पोरट आवाज डट कम

डोलेश्वर दर्शनार्थीलाई मास्क र स्यानिटाइजर वितरण

कोर्पोरट आवाज डट कम

Leave a Comment