४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

डोलेश्वर दर्शनार्थीलाई मास्क र स्यानिटाइजर वितरण

banner

डोलेश्वर महादेव मन्दिरको दर्शनार्थ आउने भक्तजनलाई मास्क वितरण गरिएको छ ।

साउन महिना भएकोले सूर्यविनायकको सिपाडोलस्थित केदारनाथको शिरभाग डोलेश्वर महादेव मन्दिरमााा दर्शन गर्न आउने अत्याधिक मात्रामा भक्तालुहरुको आउने गरेका छन् ।

यसपटक कोरोना भाइरसको संक्रमणका कारण तुलनात्मक रुपमा कम भक्तालुहरु आए पनि उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय युवाहरुले मन्दिर परिसरमा प्रवेश गर्ने भक्तालुलाई मास्कका साथै स्यानिटाइजर वितरण गरेको उक्त कार्यमा सहभागी पुष्पराज बस्नेतले बताए ।

विशेष गरी प्रत्येक शनिबार र सोमबारका दिन मन्दिरमा आउने भक्तालुहरुको संख्या अधिक हुने भएकाले स्थानीय युवाहरुको समूहले स्वास्थ्यको पूर्ण प्रत्याभूति दिने उद्देश्य र सामाजिक दूरी कायम गरी भक्तालुहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको बस्नेतले बताएका छन् ।

मन्दिर परिसर प्रवेश गर्दा सबै भक्तालुहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नका लागि अनुरोध गर्दै गत शनिबार र सोमबार मात्र २ हजार भन्दा बढी भक्तालुलाई मास्क वितरण गरेको अर्का स्थानीय युवा विवेक बस्नेतले जनाए । बस्नेतले युवाहरुको यस सामाजिक कार्यमा सहयोग पुर्याउन चाहने भक्तालु एवं श्रद्धालुहरुले मन्दिर परिसरमै खटिएका युवाहरुलाई सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

मन्दिर परिसरमै राखिएको स्वेच्छा सहयोगबाट मास्कको प्रबन्ध गरिरहेका युवाहरुको उक्त कार्यमा जेरी इन्टरनेशनलले स्यानिटाइजर उपलब्ध गराएको छ ।

ad

यो पनि पढौँ

जसपाका ८ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिँदै

कोर्पोरट आवाज डट कम

काठमाडौं उपत्यकामा १४ जनामा हैजाकाको संक्रमण पुष्टि

Corporate Aawaj

असारे विकासः एकै दिन १२ अर्ब निकासा

कोर्पोरट आवाज डट कम