४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार स्वास्थ्य

कोरोनाविरुद्ध लड्न यस्तो छ सरकारको तीन सूत्रीय नीति

banner

बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एक जनामा देखिएसँगै नेपाल पनि कोरोना महामारीको दोस्रो चरणमा प्रवेश गरेको छ । 

यसले थप सजगता र सावधानीको माग गरेको सरकार र चिकित्सकहरुले बताउँदै आएका छन् । नेपालमा कोरोना संक्रमणको दोस्रो चरण देखापरेपछि सरकारले यसको रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको छ । सीसीएमसी, अप्स र पीआरटी सक्रिय 
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नामममा सम्बोधन गर्दै कोरोना विरुद्धको लडाईंमा विजय प्राप्त गर्न तीन सूत्रीय विधि अपनाएको जानकारी गराए । उनका अनुसार कोभिड–१९ अथवा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको छ । यसका अतिरिक्त, आम जनसमुदाय, राजनीतिककर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुको संयुक्त ‘कमाण्ड’को रुपमा ‘कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)’ स्थापना गरिएको छ ।

जसले युद्धस्तरमा कामको समन्वय, निर्देशन र सम्पादन गर्छ । पहिचान गर्ने, परीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्न यसका ४ संरचना (अप्स) खडा गरिएको छ । बिरामी ओसारपसार (पिआरटी) को उपयुक्त व्यवस्था गरिएको सरकारले जनाएको छ ।

सिसिएमसी केन्द्रदेखि वडास्तरमा 
सिसिएमसी सबैको साझेदारीमा सञ्चालन हुने संरचना भएको प्रधानमन्त्रीको ओलीको भनाई हो । मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्मै यस संरचनाको सञ्जाल निर्माण गरिएको छ । 
स्थानीय तहका वडास्तरसम्म वडा अध्यक्षको संयोजनमा हुने संयन्त्रले आफ्नो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्नेछ । बिरामी छन् वा छैनन् औषधि–उपचार पाए वा पाएनन्, बेरोजगार विपन्नहरुले खान पाए वा पाएनन् ? त्यसको अनुगमन तथा व्यवस्थापन समेत गर्ने सिसिएमसीले गर्ने छ ।

३० हजार ५ सय ६६ जना अट्ने क्वारेन्टाइन 
सरकारले मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरेको छ । 

त्यस्तै हाल ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा रहेको र ३ हजार २ सय ५९ जना राख्न सक्ने क्षमताको आइसोलेशन वेड तयार गरेको प्रधानमन्त्रीको भनाइ छ । 

हाल आइसोलेसनमा ९५ जना उपचारत रहेको र सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न सरकार पूर्ण तयारीमा जुटेको छ ।

पिसिआर प्रविधिबाट कोरोना परीक्षण 
सरकारले यो अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरेको पनि जनाएको छ । सोमबारसम्म  १ हजार ८ सय ९० जनाको परीक्षण गरिसकिएको तथा सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण (¥यापिड डिटेक्सन टेस्ट–आरडिटी) विधि मार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको सरकारले जनाएको छ । 

सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको छ ।

 भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिएको प्रधानमन्त्रीको ओलीको सम्बोधनमा समेटिएको छ ।

ad

यो पनि पढौँ

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई १०० वटा ह्वीलचियर हस्तान्तरण

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीका सल्लाहकारलाई ह्याकरको आरोप, ई–सेवा बहिष्कार गर्ने प्रयोगकर्ताको तयारी

कोर्पोरट आवाज डट कम

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छः मन्त्री शर्मा

Corporate Aawaj

Leave a Comment