२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार

प्रधानमन्त्रीको सम्बोधनप्रति पूर्वराजा शाह बेखुशी, आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक

banner

काठमाडौं, २५ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति टिप्पणी गरेका छन् । पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्या प्रति सम्बोधन नहुनु निराशाजनक हो। राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।”

सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाएका छन् । उनले राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने जान नसकेको टिप्पण गरेका छन् ।

ad

यो पनि पढौँ

प्रदेशसभाको ‘अनियमितता’बारे अख्तियारले थाल्यो अनुसन्धान

कोर्पोरट आवाज डट कम

शेयर बजारमा उच्च गिरावट, रौनियार भन्छन्- ‘नआत्तिनुहोस् बजार फेरि लयमा फर्किन्छ’

कोर्पोरट आवाज डट कम

कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिङ टेस्टिङ विधिबाट कोरोना परीक्षण गरिने

कोर्पोरट आवाज डट कम

Leave a Comment