२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

शेयर बजारमा उच्च गिरावट, रौनियार भन्छन्- ‘नआत्तिनुहोस् बजार फेरि लयमा फर्किन्छ’

banner

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा केहि दिनदेखि निरन्तर गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्नेक्रम जारी छ । 

नेप्सेका अनुसार आज सोमबार पनि नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से ७१.०६ अंकले घटेर दुई हजार आठ सय ३४ दशमलब ४१ विन्दुमा थामिएको हो । त्यस्तै, आज नेप्सेमा ११ अर्ब ६१ करोड ९० लाख बराबरको कारोबार भएको छ । 

आज उच्च अंकको गिरावट आएको बजारमा एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।            

त्यस्तै, आज कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको शेयर घटेको छ । आज फाइनान्स र हाइड्रोपावर समूहको शेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको हो । आज पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले घटेको छ । 

त्यसैगरि, आज कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको एक अर्ब ३० करोड ६१ लाख १५ हजार ६१४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।    

‘नआत्तिनुहोस्, बजार फेरि लयमा फर्किन्छ’   

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार सेबोनको विज्ञप्तीका कारण शेयर बजारमा उच्च गिरावट आएको बताउँछन् । उनी भन्छन्, ‘शेयर बजार लयमा फर्केको थियो । नेपाल धितोपत्र बार्डले विज्ञप्ती जारी गरे पछि बजारमा निरन्तर उच्च गिरावट आइरहेको छ। यसरी हेर्दा सेबोनले बजार घटाउन खोजेको देखियो ।’ रौनियार अगाडी थप्छन्, ‘राम्रोसंग लय समातेको बजारमा ब्रेक लाग्ने काम मात्रै भएको हो । नआत्तिनुहोस्, बजार फेरि लयमा फर्किन्छ ।’  

सेबोनका कारण पैसा लिएर बसेका लगानीकर्ताहरुले अहिले लगानी नगरेको उनको भनाई छ । उनले भने, ‘सेबोनले विज्ञप्ती निकालेपछि पैसा ठिक पारेर बसेका लगानीकर्ताहरुले लगानी गरेनन् । साना लगानीकर्ताहरु पनि डराए । अनि प्रोफिट बुक गर्नेहरुले बुक गरे । यी तीन कारणले बजारमा उच्च गिरावट आइरहेको छ । अब धेरै दिन गिरावट आउँदैन ।’ 

ad

यो पनि पढौँ

‘प्रधानमन्त्री केपी ओली ‘इन्डो-अमेरिकी गठबन्धनको गोटी’ बनेको आरोप, १४ दलसँग विप्लवको सहकार्य

कोर्पोरट आवाज डट कम

विदेश बस्‍ने नेपालीलाई पैसा पठाउन सरकारले सहजीकरण गरिदिने

कोर्पोरट आवाज डट कम

गोप्य सूचना ‘बेच्ने’ सशस्त्रका हवल्दार जेल चलान, अरु पनि छानबिनमा

कोर्पोरट आवाज डट कम