२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश शिक्षा

अन्तर्राष्ट्रिय विद्यार्थी हाम्रै समुदायका सदस्य हुन् : अस्ट्रेलिया

banner

अस्ट्रेलियाका शिक्षामन्त्री डन तेहानले अस्ट्रेलियामा रहेका सबै अन्तर्राष्ट्रिय विद्यार्थी आफ्नै समुदायको सदस्य भएको बताएका छन् । बुधबार मन्त्रालयमार्फत एक विज्ञप्ति जारी गर्दै उनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई साथी, सहपाठी, सहयात्री र हाम्रो समुदायको एक सदस्य रहेको उल्लेख गरेका छन् ।

तेहानले दिएको सन्देशमा कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरु प्रभावित बनेको उल्लेख छ । त्यसका लागि सरकारले १२ महिनाभन्दा लामो समयदेखि अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई उनीहरुको ‘सुपरएन्युएशन’ कोष प्रयोग गर्न पाउने घोषणा गरिसकेको तेहानले बताएका छन् । यो अवकाशपछि मात्र पाउने गरी अनिवार्य रुपमा विद्यार्थीको आम्दानीबाट केही प्रतिशत कटौती गरी जम्मा गरिएको कोष हो ।

अस्ट्रेलियाले यसअघि नै एक वर्ष पनि नभएका विद्यार्थीलाई सकेसम्म आफ्नै मुलुक फर्किन सुझाव दिएको थियो । अहिले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले दुई सातामा ४० घण्टासम्म काम गर्न पाउँछन् । तर, यो अवधिमा भने वृद्ध मानिसहरूको स्याहार तथा स्वास्थ्य सेवामा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि भने काम गर्न पाउने समय बढाइएको छ । यसले उनीहरूलाई संकटको समयमा केही सहयोग पुग्नसक्ने सरकारको अपेक्षा छ । प्रधानमन्त्री स्कट मौरिसनले पनि उनीहरुका लागि यो काम गर्ने अवसर रहेको बताएका थिए ।

तेहानका अनुसार सरकारले कोभिड–१९ को असर कम गर्न विश्वविद्यालयहरु र अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रसँग सहकार्य गरिरहेको छ । साथै अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्ने सिर्जनात्मक उपायको पनि खोजी भइरहेको छ । उनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो शिक्षा प्रदायकले प्रदान गरेको मानसिक स्वास्थ्य सहयोगको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

ad

यो पनि पढौँ

खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोनाको नुमना परीक्षण नेगेटिभ

कोर्पोरट आवाज डट कम

कतारको जेलमा रहेका १७ नेपालीले पाए आममाफी

कोर्पोरट आवाज डट कम

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, करिब ५ हजार ३ सय ६ जनामा संक्रमण

कोर्पोरट आवाज डट कम

Leave a Comment