४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग धर्म–संस्कृति समाचार

भक्तपुरमा यो वर्ष सुनको लिंगो उभ्याइँदै

banner

भक्तपुरमा आजबाट सुरु भएको बिस्का जात्राले औपचारिक रुपमा निरन्तरता पाएको छ । कोरोना भाइरसका कारण यो पटक बिस्का जात्र औपचारिक रुपमा मात्र सञ्चालन गर्ने भए पछि साँस्कृतिक र परम्पराले भने निरन्तरता पाएको हो ।

आज रथको पूजा अर्चना गरि जात्राको सुरुवात गरिएको छ । त्यस्तै बिभिन्न गुठिहरुले भैरब मन्दिरमा पूजा अर्चना समेत गरेका छन् ।

यो बर्ष बिस्का जात्राको रथ तानिने छैन । तर लिंगो उभ्याउने परम्पराले भने निरन्तरता पाउने छ । चैत ३० गते भेलुखेलमा रथ पुर्याएपछि लिंगो उभ्याइन्छ भने भोलि पल्ट बैशाख १ गते पूजाआजा गरी साँझ लिंगो ढालिने परम्परा छ ।

तर यो बर्ष भने भेलुखेलमा काठको ५५ हाते लामो लिंगो भने देख्न पाइने छैन । साँस्कृतिक परम्पराको निरन्तरतालाई कायम गर्दै लिंगोको प्रर्तिमूर्तीको स्वरुपमा सुनको लिंगो उभ्याइने गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्मचार्यले जानकारी दिए ।

उनले भने, बिस्केट जात्राका लागि सरकारले तीस लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै रथका लागि केही सामानहरु परिवर्तन गरि निमार्णको काम भइरहेको अवस्थामा निमार्णको काम बन्द गर्नु परेको उनले बताए ।

यस बर्ष भैरबनाथको रथका चार पाँग्रा फेर्ने तयारीमा रहेको उनले जानकारी गराए । पाँग्रा फेर्नका लागि नयाँ पाँग्रा तयारी अवस्थामा समेत राखिएको उनले जानकारी दिए । त्यस्तै रथको छानो, बेतसी, गलसी लगाए रथका महत्वपूर्ण भागहरु परिवर्तन गर्नका लागि समान ल्याएर काम सुरु गरिसेकको उनले बताए ।

रथका बारे बिभिन्न भनाइहरु बहिर आएपछि रथलाई मजबुद पार्ने काम फागुनको पहिलो हप्ताबाटै सुरु गरिएको उनले जानकारी दिए । रथले पूर्णता पाउन अगावै कोरोना भाइरसको जोखिम र सरकारको लकडाउनको समयकै कारण काम बिचैमा रोक्नु परेको र यो बर्ष जात्राले औपचारिक रुपममा मात्र सञ्चालन पाउने उनले बताए ।

जात्राको चहल पहल सँगै मान्छेको घुँइचो लाग्ने आजको दिन भक्तपुर सुनसान बनेको छ ।

ad

यो पनि पढौँ

भारतद्वारा नेपाली भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक उद्घाटन

कोर्पोरट आवाज डट कम

सर्वाेच्चद्वारा उपचार गर्न नमान्ने स्वास्थ्य संस्थाको विवरण पेश गर्न सरकारसँग माग

कोर्पोरट आवाज डट कम

अमेरिकाको भ्रमणमा प्रधान सेनापति शर्मा

कोर्पोरट आवाज डट कम

Leave a Comment