२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार

लकडाउन नलम्बिए वैशाख ७ देखि अदालत पूर्णरुपमा खुल्ने

banner

अदालतहरु वैशाख ३ मा लकडाउन सकिएको तीन दिनपछिबाट नियमित मुद्दाको सुनुवाईमा फर्किने भएका छन् ।

कोरोना भाइरसका कारण अदालतको नियमित कामकारवाही अवरुद्ध छ । लकडाउन सकिएको ३ दिनपछि मुद्धाको सुनुवाई लगायतका अन्य काम कारवाहीहरु सबै अदालत तथा न्यायाधिकरणहरुबाट नियमितरुपमा सञ्चालन हुने व्यवस्था मिलाउने सर्वोच्च अदालतको पुर्ण बैठकले निर्णय गरेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । 

वैशाख ३ गतेसम्म सरकारले लकडाउन घोषणा गरेको छ । 

लकडाउन नथपिएमा वैशाख ७ गतेबाट सबै अदालत नियमित मुद्दा सुनुवाईलगायतका काम सुरु गर्नेछन् । तर, लकडाउन लम्बिएको अवस्थामा भने अहिले भइरहेका कामकारवाहीलाई मात्र निरन्तरता दिने अदालतको निर्णय छ । 

बन्दाबन्दीमा अदालतबाट बन्दीप्रत्यक्षकिरणको निवेदन तथा गम्भीर प्रकृतिका कोभिड १९ सँग सम्बन्धित विषयका रिट निवेदन दर्ता र सुनुवाई, पक्राउ अनुमति र जरुरी पक्राउ पुर्जीको समर्थन, बालबालिकालाई अभिभावक वा संरक्षकको जिम्मा लगाई पाउँ भन्ने निवेदन र सो उपर कारबाही हुँदै आएको छ ।

ad

यो पनि पढौँ

दलितलाई घरभाडा प्रकरणमा पक्राउ परेकी घरबेटी रिहा

कोर्पोरट आवाज डट कम

विपद्बाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’

कोर्पोरट आवाज डट कम

रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ

कोर्पोरट आवाज डट कम

Leave a Comment