२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

पर्साका गाउँपालिका प्रमुखलाई भारतमा कोरोना संक्रमण फैलाउने योजना बुनेको आरोप

banner

सीमा नाका ठप्प रहेका बेला पर्साका एक गाउँपालिका प्रमुखले भारतमा कोरोना भाइरसको संक्रमण फैलाउने योजना बनाएको भारतीय सञ्चार माध्यमहरूले दाबी गरेका छन्। भारतीय मिडिया जिन्युजका अनुसार पर्साका जालिम मुखियाले ४०/५० कोरोना संक्रमितलाई भारत प्रवेश गराउने योजना बुनेका हुन्।

भारत बिहार राज्यको पश्चिमी चम्पारणका जिल्ला अधिकारीले प्रहरी अधिकारीलाई पर्साका जालिम मुखियाले भारतमा कोरोनाको संक्रमण फैलाउने योजना बनाएको एसएसबीले जनाएको भनेर चिट्ठी लेखेका छन्। अप्रिल ६ तारिख अर्थात चैत २४ गते चिट्ठी लेखिएको छ।

उक्त चिट्ठीमा जालिम मुखिया अवैध हतियार र लागुऔषधको तस्कर रहेको समेत दाबी गरिएको छ। जिन्युजले प्रशारण गरेको समाचारमा भनिएको छ, ‘नेपालमा पनि धेरै मस्जिद छन्। ती मस्जिदमा कोरोना भाइरस संक्रमित व्यक्तिलाई लुकाएर राखेका छन्। र उनीहरूलाई सीमा नाका भएर भारत प्रवेश गराउने योजना बुनिरहेका छन्।’

यो समाचारमा कति सत्यता छ भन्ने कुरा त अनुसन्धानपछि नै खुल्नेछ। तर, भारतीय मिडियाले प्राथमिकताका साथ समाचार सम्प्रेशन गरिरहेका छन्। संक्रमण फैलाउने योजना असफल पार्न बिहारमा उच्च सतर्कता अपनाएको समेत भारतीय मिडियाहरूले दाबी गरेका छन्।

कोरोना भाइरसले विश्वमा आतङ्क मच्चाएको छ। संक्रमणबाट भारत र नेपाल समेत अछुतो रहन सकेन। भारतमा त कोरोना संक्रमितको संख्या ६ हजार नाघिसकेको छ। २ सय बढीले ज्यान समेत गुमाइसकेका छन्।

भारतमा बढिरहेको कोरोना संक्रमितको संख्याले नेपालका सीमावर्ती क्षेत्र उच्च जोखिममा छ। त्यसैले पनि सीमा नाका क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ। ठूलो संख्यामा नेपालतर्फ सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् भने भारततर्फ एसएसबीका जवान दिनरात खटिरहेका छन्।

 पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले जालिम मुखियाको विषयमा भारतीय मिडियामा समाचार आएको विषयमा केही थाहा नपाएको बताए। उनले भारतीय मिडियामा आएको समाचार विषयमा सुन्न समेत अस्वीकार गरे।

‘म सीमा क्षेत्रको अनुगमनमा निस्केको छु’,  उनले नेपालन्यूजसँग भने, ‘मलाई केही थाहा छैन। मलाइ यो विषयमा केह सुन्नु छैन। मैले समाचार पनि हेरेको छैन। केही बोल्न पनि सक्दिनँ।’ उनले नै जालिम पर्साको जगनाथपुर गाउँपालिकाको प्रमुख रहेको बताए।

जगनाथपुर मस्जिदबाट पक्राउ परेका थिए १५ जना

भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दिनमा भएको तबलिगी जमातमा सहभागी भएर आएको आशंकामा जगनाथपुरको मस्जिदबाट १५ जना पक्राउ परेका छन्।

जालिम मुखिया जगनाथपुरका प्रमुख हुन्। त्यही गाउँको मस्जिदमा भारतबाट आएका १५ मुस्लिम लुकेर बसेको अवस्थामा चैत २० गते बिहीबार पक्राउ परेका थिए। पक्राउ परेकाहरू रौतहट, बारा र पर्साका छन्। उनीहरूलाई अहिले वीरगन्जस्थित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको छ।

उनी सबैजना भारतबाट सीमा नाका ठप्प भएको बेला लुकिछिपी प्रवेश गरेका थिए। स्रोतका अनुसार उनीहरूलाई गाउँपालिका प्रमुख जालिमले नै राखेका थिए। तर, स्थानीयले प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखियो।

को हुन् जालिम मुखिया?

जालिम मुखिया नेकपासँग आवद्ध छन्। जालिम मियाँ मन्सुरी भनेर समेत चिनिने उनी तत्कालीन माओवादी केन्द्रबाट पर्साको जगनाथपुर गाउँपालिकामा निर्वाचित प्रमुख हुन्। उनको घर सोही गाउँपालिका वडा नम्बर ४ मा पर्छ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका केन्द्रीय सदस्य समेत रहेका उनी यसअघि पनि पटक पटक विवादमा तानिएका व्यक्ति हुन्। उनीमाथि भारतीय मिडियाले लगाएको आरोपको विषयमा कुरा गर्न पटकपटक सम्पर्क गर्ने प्रयास गर्दापनि हुन सकेन। उनको मोबाइलमा घण्टौंसम्म फोन गर्दा ‘ब्यस्त’ सन्देश मात्र सुनियो।

ad

यो पनि पढौँ

हर्कलाई सफल बनाउन ज्यान फालेर फिल्डमा उत्रिए धरानका युवा

Corporate Aawaj

लोकसेवाले खोल्यो बिज्ञापन, कुन समुहमा कति गर्यो माग (सूचनासहित)

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीले छलफलका लागि कांग्रेस नेतालाई बालुवाटार बोलाए

Corporate Aawaj

Leave a Comment