२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

दातासँग अर्थमन्त्रीको भिडियो कन्फ्रेन्सः ऋणको भाखा सारिदिन आग्रह

banner

अर्थमन्त्री डा. युवराज खतिवडाले दातृ निकायका प्रतिनिधिहरुसँग भिडियो कन्फ्रेन्स गरी कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा पारेको असरबारे छलफल गरेका छन् ।

अर्थमन्त्री खतिवडाले विश्व बैक, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तर्राष्ट्रिय वित्त निगम, एशियाली विकास बैक, एशियाली पूर्वाधार विकास बैंक जस्ता बहुपक्षीय विकास संस्था र संयुक्त राष्ट्रसंघीय उच्च पदस्थ पदाधिकारीसँग छलफल गरेका हुन् ।

छलफलमा अर्थमन्त्री डा.खतिवडाले नेपाललाई दिइएको ऋणको भाका सार्न दातृ निकायहरुसँग आग्रह पनि गरेका छन् ।

छलफलमा उनले कोरोनाभाइरसले नेपालको अर्थतन्त्र र जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयासको जानकारी गराएका थिए । छलफलमा कोरोनाले नेपाली अर्थतन्त्र, स्वास्थ्य र जनजीवनमा पारेको र पार्न सक्ने प्रभावबारे छलफल भयो ।

त्यसक्रममा कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदम र आगामी दिनमा चाल्ने रणनीतिबारे पनि छलफल भयो ।

अर्थमन्त्री खतिवडाले विश्वभर मानवीय र आर्थिक संकट एकसाथ आएकाले यसबाट उम्कन र विकासलाई पुरानै बाटोमा ल्याउन निकै ठूलो सामाजिक र आर्थिक उपाय अपनाइनुपर्ने बताए ।

अर्थमन्त्री खतिवडाले चुनौतीको सामना गर्न नेपालले कुनै कसर बाँकी नराख्ने भन्दै यसमा अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा द्विदेशीय सहयोगको आवश्यकता औंल्याए । परम्परागत सहायता उपकरणबाट मात्र अहिलेको संकटको समाधान नहुने भन्दै उनले भने, ‘नवीन सहायता, नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र नेपालजस्ता जोखिमयुक्त देशको संकटको समाधान हुन सक्छ, ।’

विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवं प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्नुपर्नेमा अर्थमन्त्रीले जोड दिए । वैदेशिक ऋणको साँवा–व्याज भुक्तानीको समय केही वर्ष पर सार्न र द्विपक्षीय ऋण सहायताको मोचन कार्यमा दातृ मुलुकले सदासयता देखाउन उनले आग्रह गरे ।

छलफलमा कोरोना रोकथाम, उपचार र पुनस्र्थापनाका लागि बाह्य स्रोत परिचालन गर्न अर्थ सचिवको संयोजकत्वमा एक सहजीकरण समिति गठन गर्ने निर्णय पनि भएको छ । सो समितिमा सरकारी क्षेत्र र निजी क्षेत्रका अतिरिक्त दातृ निकायका प्रतिनिधिलाई समावेश गर्ने प्रस्ताव नेपालले गरेको छ । नेपालको प्रस्तावमा विकास साझेदारले समर्थन गरेका छन् ।

विकास साझेदारहरुले पनि नेपालले हालसम्म गरेका कार्यको सह्राहना गर्दै अब गर्ने प्रयासमा सबैको साथ र सहयोग रहने विश्वास दिलाएको अर्थ मन्त्रालयले जनाएको छ ।

छलफलमा विश्व बैंकका उपाध्यक्ष हाटविग सेफर, अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्देशक च्याञ्योङ रि, अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष नेना स्टोजोभिक र एशियाली विकास बैकका उपाध्यक्ष सिजिन चेन सहभागी भएका थिए ।

एशियाली पूर्वाधार विकास बैकका भाइस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर डि.जे. पान्डिन, नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि भेलीरी जुलिएन्ड, नेपालस्थित विश्व बैकका कन्ट्री म्यानेजर र नेपालस्थित एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टरसँग प्रत्यक्ष छलफल गरिएको थियो ।

छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिव, राजस्व सचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत सहभागी भए ।

ad

यो पनि पढौँ

क्वारेन्टिनमा आरडीटी टेष्टले कोरोना घरघरमा पुर्‍याउन सक्छ !

कोर्पोरट आवाज डट कम

दुबईबाट आएर आइसोलेसनमा उपचार गरिरहेका युवाको मृत्यु

कोर्पोरट आवाज डट कम

सुत्केरी महिलामा कोरोना भेटिएपछि मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

कोर्पोरट आवाज डट कम

Leave a Comment