२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

सुदूरपश्चिममा १८९५ जनामा र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

banner

सुदूरपश्चिम प्रदेशमा एक हजार ८९५ जनाको र्‍यापिड टेस्ट गरिएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ  ।

टोलीले कैलालीमा ७३०, बझाङमा ४२६, कञ्चनपुरमा ४०७, डोटीमा २४०, बाजुरामा ५३, बैतडीमा ३७, डडेल्धुरा र अछाममा एक/एक जनाको र्‍यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए ।

दार्चुलामा गरिएको टेस्टको रिपोर्ट भने आइतबार आउने उनले बताए । उनका अनुसार र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ देखाएमा थप पुष्टिका लागि पीसीआर परीक्षण गरिने छ ।

पहिलो चरणमा ५ हजार किट आएकोमा त्यसले अपुग हुने देखिएपछि शुक्रबार थप ५ हजार किट आएको उनले बताए । थप किट आएपनि सुदूरपश्चिम प्रदेशमा अझै १० हजार किट अपर्याप्त हुने जोशीले बताए ।

ad

यो पनि पढौँ

नक्सा मात्र होइन, नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउने संकल्प गरौं: गगन थापा

कोर्पोरट आवाज डट कम

कोरोना त्रास : जहाँ साबुन पानीले हात धोए मात्र टोलमा प्रवेश पाइन्छ

कोर्पोरट आवाज डट कम

सिमामा बिओपी संख्या पाँच सय पुर्‍याउने गृहमन्त्रालयको तयारी

कोर्पोरट आवाज डट कम

Leave a Comment